Like us!
Follow us!
Connect us!
Watch us!

लाभांश प्रस्ताव पारित गर्न समता घरेलु लघुवित्तले डाक्यो साधारण सभा

अर्थ संसार

शुक्रबार, १९ फागुन २०७९, १० : २३ मा प्रकाशित

लाभांश प्रस्ताव पारित गर्न समता घरेलु लघुवित्तले डाक्यो साधारण सभा

समता घरेलु लघुवित्त वित्तीय संस्थाले चैत ११ गते आफ्नो वार्षिक साधारण सभा डाकेको छ । सभा, हिमालयन दृश्य रिसोर्ट, धुलिखेलमा बिहान ११.३० बजेबाट सुरु हुनेछ । 

सभामा यस लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट १५ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद गरी कुल १८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । यस्तै, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पनि रहेको छ । गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतमा पनि छलफल हुनेछ । 
 
साथै, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ । हाल यस घरेलु र स्वरोजगार लघुवित्तबीच मर्जर सम्बन्धी भएको प्रारम्भिक सम्झौता तथा मर्जर सम्बन्धी भएका निर्णयहरुको अनुमोदन गर्ने एजेन्डा पनि छ । साधारण सभा तथा लाभांश प्रयोजनका लागि संस्थाले चैत १ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, फागुन ३० गतेसम्म सेयर खरिद गरी कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको