Like us!
Follow us!
Connect us!
Watch us!
‘३६ हजार निवास भाडा दिएका छन्, ४४ हजार तिरिरहेकी छु’

राज्यबाट पाउनुपर्ने सेवा, सुविधा नपाएको उपसभामुख रानाको गुनासो

अर्थ संसार

शुक्रबार, १९ फागुन २०७९, १७ : ०७ मा प्रकाशित

राज्यबाट पाउनुपर्ने सेवा, सुविधा नपाएको उपसभामुख रानाको गुनासो

उपसभामुख इन्दिरा राना मगरले आफूले राज्यबाट पाउनुपर्ने सेवा, सुविधा नपाएको गुनासो गरेकी छिन् । भ्रष्टाचारविरुद्ध सांसदको विश्वव्यापी सङ्गठन, नेपाल च्याप्टरले आज (शुक्रबार) काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो गुनासो गरेकी हुन् । 

राज्यको माथिल्लो निकायमा भ्रष्ट आचरण रहेकै कारण आफूलाई सेवा, सुविधा दिने कुरामा पनि विभेद र अन्याय भएको उल्लेख गरिन् । उपसभामुख रानाले त्यस्ता खालका गतिविधि सहन गर्न नसकिने बताईन्। पुरुष उपसभामुख हुँदा पाउने सुविधा अहिले आफूले नपाएको उनको भनाइ छ। उनले आफूलाई निवासको सुविधा दिने कुरामा पनि राज्य गम्भीर नभएको आरोप लगाईन् । 

उपसभामुख रानाले भनिन्, ‘‘सांसद हुँदा त मैले त्यति वास्ता गरिनँ। तर उपसभामुख भएको एक महिना भयो। मेरो अधिकार, काम, कर्तव्य खोज्दै गएँ। मेरो सुविधा पनि खोज्दै जाँदा थुप्रै सुविधा रहेछन्। जसको पहुँच छ, उसलाई तुरुन्त सबैथोक हुने। म अन्याय र विभेद सहन नसक्ने मान्छे। म सानो भुइँमान्छे हो। म सांसद मात्रै हुँदा भिआईपीको सुविधा प्रयोग गर्दिन भन्थेँ। पहिला पुरुष उपसभामुख हुँदा चाहिँ आर्मी दिन्थ्यो रे  उहाँहरुलाई मन्त्रीसरह सुविधा हुन्थ्यो। उपसभामुखलाई घर दिने भनिएको छ। दिइएको छैन। ३६ हजार निवास भाडा दिइएको छ। आफू ४४ हजार तिरेर बस्नुपरेको छ।’’उनले आफू सानो पार्टीबाट आएकाले राज्यबाट पाउने सेवा, सुविधामा विभेद गरेको हुनसक्ने बताईन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको