Like us!
Follow us!
Connect us!
Watch us!
‘कांग्रेस र एमाले एकै ठाउँमा आउने सम्भावना छ’

रञ्जित रेको दाबी- नेपालको आन्तरिक मामिलाबाट भारतले पाइला सारे अन्य मुलुक हाबी हुन्छ

अर्थ संसार

आइतबार, २१ फागुन २०७९, ११ : ५९ मा प्रकाशित

रञ्जित रेको दाबी- नेपालको आन्तरिक मामिलाबाट भारतले पाइला सारे अन्य मुलुक हाबी हुन्छ

नेपालका लागि पूर्वभारतीय राजदूत रञ्जित रेले नेपालको राजनीतिक अस्थिरता भएपनि भारत नेपालसँग जोडिनुपर्छ भन्ने धारणा राखेका छन् । उनले राष्ट्रपति चुनावपछि नेपालमा कांग्रेस-एमालेको सरकार बन्ने सम्भावना भएको दाबी समेत गरे । भारतीय अनलाइन पत्रिका डेक्कन हेराल्डमा लेख लेख्दै पूर्वराजदूत रेले यस्तो धारणा राखेका हुन् ।  

उनले यदि भारतले कुनै पनि पाइला पछि सारे नेपालमा खाली ठाउँ सृजना हुने तथा नेपालको आन्तरिक मामिलामा अन्य मुलुक हाबी हुने लेख मार्फत दाबी गरे। यो भारतको हितमा नहुने उनको भनाइ छ । 

डेक्कन हेराल्डमा प्रकाशित लेखमा उनले लेखेका छन्, ‘भारतको लागि, हाम्रो सुरक्षा र विकास उच्च दाउमा रहन्छ; हामीले नेपालका सबै वर्गहरू र विशेषगरी नयाँ राजनीतिक शक्तिहरू र युवाहरूसँग संलग्न रहनुपर्छ। कुनै पनि कदम फिर्ता वा हाम्रो प्रोफाइललाई कम गर्दा एक खाली ठाउँ सिर्जना हुनेछ जुन अरूले भर्नेछ र यो हाम्रो दीर्घकालीन रणनीतिक हितमा नहुन सक्छ ।'

उनले एमाले र माओवादी गठबन्धन असफल भएर अहिले कांग्रेस र माओवादी गठबन्धन बनेको भन्दै उनले तेस्रो विकल्पको रूपमा कांग्रेस-एमालेबीचको गठबन्धनको सम्भावना उल्लेख गरेका छन् । रेले भनेका छन्, ‘२०७० को दोस्रो संविधानसभा चुनावपछि जस्तै दुई ठूला दलहरू कांग्रेस र एमाले एकै ठाउँमा आउने सम्भावना छ ।’

रेले नेपाल अहिले कमजोर आर्थिक अवस्थासँगै अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन तथा चीनको बेल्ट एन्ड रोड इनिसियटिभका माध्यमबाट नेपाललाई आफ्नो प्रभावमा पाने होडबाजी चलिरहँदा नेपाल राजनीतिक अनिश्चितताले ग्रस्त बनेको समेत दाबी गरेका छन् ।

उनले लेखेको आलेख हेर्न उक्त लिंकमा क्लिक गर्नुहोस्:

https://www.deccanherald.com/national/india-needs-to-engage-with-nepal-despite-political-uncertainty-1197245.html

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको