Like us!
Follow us!
Connect us!
Watch us!

आफूलाई राष्ट्रपतिमा निर्वाचित गर्दा संविधानको रक्षा हुने नेम्वाङको भनाइ

अर्थ संसार

सोमबार, २२ फागुन २०७९, १६ : ४४ मा प्रकाशित

आफूलाई राष्ट्रपतिमा निर्वाचित गर्दा संविधानको रक्षा हुने नेम्वाङको भनाइ

नेकपा (एमाले)बाट राष्ट्रपति उम्मेदवार सुभाषचन्द्र नेम्वाङले आफूलाई राष्ट्रपतिमा निर्वाचित गर्दा संविधानको रक्षा हुने बताएका छन् । राष्ट्रपति निर्वाचनको प्रचारप्रसारको अन्तिम दिन आज (सोमबार) पार्टी मुख्यालय च्यासलमा सांसद्हरूलाई प्रशिक्षण दिने कार्यक्रममा आफूलाई राष्ट्रपतिमा निर्वाचित गर्दा संविधानको रक्षा हुने बताएका हुन् ।

प्रशिक्षण दिने कार्यक्रममा उनले भने, ‘म राष्ट्रपति हुँदा संविधानको रक्षा गर्छु । तपाईंहरुको शिर निहुरिने काम हुन दिन्नँ । संविधानको रक्षा मेरो पहिलो दायित्व हुनेछ।’उनले पुर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता आरजु राणालाई भेटेर आएको समेत खुलाए । 

भेटको विषयमा बोल्दै उनले भने, ‘उहाँ पनि सकारात्मक नै हुनुहुन्छ।  देउवाले पनि राष्ट्रपतिमा उपयुक्त पात्र भएको पनि बताउनुभयो । जिम्मेवार राजनीतिक दल एक ठाउँमा उभिनु पर्दछ भन्नेमा उहाँ पनि सहमत हुनुहुन्छ ।’ 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको