Like us!
Follow us!
Connect us!
Watch us!

प्रधानमन्त्री ‘प्रचण्ड’ विरूद्धको रिट आज दर्ता हुँदै, सर्वोच्च पुगे अधिवक्ता आरन र बुढाथोकी

अर्थ संसार

मंगलबार, २३ फागुन २०७९, १२ : ४८ मा प्रकाशित

प्रधानमन्त्री ‘प्रचण्ड’ विरूद्धको रिट आज दर्ता हुँदै, सर्वोच्च पुगे अधिवक्ता आरन र बुढाथोकी

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरूद्धको रिट दर्ता गर्न अधिवक्ता ज्ञानेन्द्र आरन र कल्याण बुढाथोकी सर्वोच्च अदालत पुगेका छन् ।

संक्रमणकालीन मुद्दालाई लिएर प्रधानमन्त्री प्रचण्डलाई पक्राउ गरी आवश्यक अनुसन्धान अघि बढाउन माग गर्दै उनीहरु रिट दर्ता गर्न सर्वाेच्व पुगेका हुन् ।

गत शुक्रबार सर्वोच्चका न्यायाधीशद्वय ईश्वर खतिवडा र हरि फुयालको संयुक्त इजलाशले रिट दर्ता गर्न आदेश दिएको थियो । संक्रमणकालीन मुद्दालाई लिएर प्रधानमन्त्री प्रचण्डलगायत माओवादी घटक समेत त्रसित बनेका छन् । 

०७६ माघ १ गते प्रचण्डले माघी पर्वको सार्वजनिक कार्यक्रममा द्वन्द्वकालमा मारिएका पाँच हजार जनाको आफूले जिम्मा लिनेबारे दिएको अभिव्यक्तिको आधारमा रिट दर्ता गरिन लागेको हो ।

यता, आज विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको माओवादी आन्दोलनका (पुर्व माओवादी) राजनीतिक दलहरूको बैठकले शान्ति सम्झौताको मर्म र भावना विपरीत हुने कुनै पनि गतिविधिको विरोध र प्रतिवाद गर्ने लगायत तीनबुँदे निर्णय सार्वजनिक गरेको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको