Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई लघुवित्तले डाक्यो साधारण सभा, २० प्रतिशत लाभांश पारित हुने

अर्थ संसार

मंगलबार, २३ फागुन २०७९, १४ : ३३ मा प्रकाशित

ग्लोबल आइएमई लघुवित्तले डाक्यो साधारण सभा, २० प्रतिशत लाभांश पारित हुने

ग्लोबल आइएमई लघुवित्तले १०औं वार्षिक साधारण सभा डाकेको छ । सभा बेष्ट रिसोर्ट नेपाल प्रालि लेकसाइड पोखरामा भोलि मंगलबार बिहान ९ बजे शुरू हुने भएको हो । सभामा १२ प्रतिशत बोनस शेयर र करसहित ८ प्रतिशत नगद लाभांशसम्बन्धी प्रस्ताव प्रस्तुत गरिनेछ ।

सभामा कम्पनीले एक वा एकभन्दा बढी उपयुक्त लघुवित्त संस्थाहरू गाभ्नेरगाभिने प्रयोजनको लागि आवश्यक कार्यहरू गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनउपर छलफल गर्ने एवं चालू आवको लेखापरीक्षणको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि प्रस्तुत गरिनेछ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले फागुन १६ गते बुक क्लोज गरिसकेको छ । तसर्थ फागुन १५ गतेसम्म कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन र लाभांश पाउने छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको