Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई लघुवित्तको नाफा ४६% वृद्धि,प्रतिसेयर आम्दानी कति ?

अर्थ संसार

आइतबार, २७ साउन २०८१, १० : ०१ मा प्रकाशित

ग्लोबल आइएमई लघुवित्तको नाफा ४६% वृद्धि,प्रतिसेयर आम्दानी कति ?

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

खुद नाफा

ग्लोबल आइएमई लघुवित्तले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ४६.८० प्रतिशत खुद नाफा गरेको छ । गत वर्ष कम्पनीले १४ करोड १६ लाख ८० हजार रुपैयाँ नाफा गरेको हो । जबकी अघिल्लो वर्ष कम्पनीले ९ करोड ६५ लाख १३ हजार रुपैयाँ मात्रै नाफा गरेको थियो ।

खुद ब्याज आम्दानी

गत वर्ष कम्पनीको खुद ब्याज आम्दानी ३५.८७ प्रतिशतले बढेर ६३ करोड ३४ लाख ७७ हजार रुपैयाँ पुगेको छ । यो अघिल्लो वर्ष ४६ करोड ६२ लाख ४४ हजार रुपैयाँ थियो ।

कुल सञ्चालन आम्दानी / सञ्चालन नाफा

गत वर्षको असार मसान्तसम्म कम्पनीको कुल सञ्चालन आम्दानी पनि ३६.५९ प्रतिशतले बढेर ७३ करोड ५२ लाख १९ हजार रुपैयाँ पुगको छ । जुन अघिल्लो वर्ष ५३ करोड ८२ लाख ५७ हजार रुपैयाँ थियो । त्यस्तै,६ करोड ४७ लाख ७५ हजार वितरणयोग्य नाफा रहेको यस कम्पनीको गत वर्ष सञ्चालन नाफा ४६.९१ प्रतिशतले बढेर २० करोड ३७ लाख ५० हजार रुपैयाँ पुगेको छ । यो अघिल्लो वर्ष १३ करोड ८६ लाख ९३ रुपैयाँ मात्रै थियो ।

इम्पेयरमेन्ट चार्ज

गत वर्ष कम्पनीको इम्पेयरमेन्ट चार्ज ७ करोड २१ लाख ४६ हजार रुपैयाँबाट १४१.८२ प्रतिशतले बढेर १७ करोड ४४ लाख ६७ हजार रुपैयाँ पुगेको छ ।

चुक्ता पूँजी/जगेडा कोष

गत वर्षको असार मसान्तसम्म ६१ करोड ८९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषको आकार १३.४७ प्रतिशतले बढेर ५१ करोड ५१ लाख ५९ हजार रुपैयाँ पुगेको छ ।

प्रतिसेयर आम्दानी

गत वर्ष कम्पनीको प्रतिसेय आम्दानी (ईपीएस) पनि १५ रुपैयाँ ५९ पैसाबाट बढेर २२ रुपैयाँ ८९ पैसा पुगेको छ ।

प्रतिसेयर नेटवर्थ

गत वर्षको असार मसान्तसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ १८३ रुपैयाँ २४ पैसा पुगेको छ ।

मूल्य आम्दानी अनुपात / तरलता अनुपात

कम्पनीको मूल्य आम्दानी अनुपात ५९.६३ गुणा र तरलता अनुपात ४.५६ प्रतिशत छ । कम्पनीको खराब कर्जा ४.३० प्रतिशतबाट घटेर ३.९० प्रतिशतमा झरेको छ ।

निक्षेप संकलन/कर्जा प्रवाह

गत वर्ष कम्पनीको ग्राहकमा प्रवाह गर्ने कर्जा १७.३७ प्रतिशतले बढेर ८ अर्ब ५२ करोड ५१ लाख ९७ हजार रुपैयाँ पुगेको छ भने निक्षेप संकलन १.६१ प्रतिशतले घटेर ३ अर्ब ७ करोड ४ लाख ९० हजार रुपैयाँमा झरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको