Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई लघुवित्तको बोनस सेयर हितग्राही खातामा जम्मा

अर्थ संसार

शुक्रबार, ०५ जेठ २०८०, १० : ५१ मा प्रकाशित

ग्लोबल आइएमई लघुवित्तको बोनस सेयर हितग्राही खातामा जम्मा

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले बोनस सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा जम्मा गरिदिएको छ । कम्पनीले गत फागुन १४ गते सम्पन्न दशौं वार्षिक साधारण सभाबााट पारित गत आर्थिक वर्षको १२ प्रतिशत बोनस सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिदिएको हो ।

गत फागुन १५ गतेसम्म कम्पनीको सेयर अभौतिकीकरण गराएका सेयरधनीहरु अर्थात् उत्तः मितिमा कायम रहेका सेयरधनीहरुको बोनस सेयर हितग्राही खातामा जम्मा गरिदिएको हो । 

उक्त मिति पश्चात सेयर अभौतिकीकरण गराएका सेयरधनीहरुको हितग्राही खातामा पनि क्रमशः बोनस सेयर जम्मा गरिने कम्पनीले जनाएको छ । कम्पनीको सेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।-File Photo

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको