Like us!
Follow us!
Connect us!
Watch us!

६ चैतदेखि सिचुवान एयरले छेन्दु–काठमाडौं उडान थाल्ने

अर्थ संसार

मंगलबार, २३ फागुन २०७९, १७ : ११ मा प्रकाशित

६ चैतदेखि सिचुवान एयरले छेन्दु–काठमाडौं उडान थाल्ने

चिनियाँ एयरलाइन्स कम्पनी सिचुवान एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफ्नो निर्धारित उडानहरू पुनः सुचारु गर्ने भएको छ । सिचुवान एयरलाइन्सले चैत ६ देखि चेङ्दुुबाट साताको ४ उडान गर्नेछ ।

सिचुवानको जहाजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँबाट सोमबार, बुधवार, शुक्रबार र आइतबार स्थानीय समय अनुसार १५ः३५ बजे उडान भर्नेछ भने चेङ्दु अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार रात्रिको २१ः०० बजे अवतरण गर्नेछ ।

नेपाली बजारमा अस्ट्रेलिया र जापान भ्रमणका लागि हालको उच्च मागलाई ध्यानमा राख्दै सिचुवान एयरलाइन्सले काठमाडौंदेखि मेलबर्नसम्म एकतर्फी भाडा रु.७९,९९९ र काठमाडौंदेखि नारिता सम्म एकतर्फी भाडा रु.६५,९९९ रहेको कम्पनीले जनाएको छ । त्यस्तै उडानमा ४६ केजी चेक–इन लगेज र ७ः केजी  ह्यान्ड क्यारी लान मिल्ने पनि कम्पनीले जनाएको छ । यो हवाईसेवाको शुरुवातसँगै, मेलवर्नसम्म यात्रा गर्ने यात्रुहरुले अव चेङ्दुमा ४ घण्टा ३० मिनेट मात्रको छोटो समय ट्रान्जिट रहेकोले, लामो समय ट्रान्जिटमा बस्नुनपर्ने भएको छ ।

नेपालमा सिचुवान एयरलाइन्सको प्रतिनिधित्व सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेजले जनरल सेल्स एजेन्टको रूपमा गर्दै आएको छ । यसको साथै, नेपालमा सिचुवान एयरलाइन्सको उडान सञ्चालनमा निरन्तर सहयोग र प्रोत्साहन पु¥याएकोमा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) प्रति सिचुवान एयरलाइन्सले हार्दिक कृतज्ञता प्रकट गरेको छ  ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको