Like us!
Follow us!
Connect us!
Watch us!

तीन जलविद्युत कम्पनीको आईपीओे खरीद गर्ने बिहिबार अन्तिम दिन

अर्थ संसार

बुधबार, २४ फागुन २०७९, १३ : ४० मा प्रकाशित

तीन जलविद्युत कम्पनीको आईपीओे खरीद गर्ने बिहिबार अन्तिम दिन

तीन जलविद्युत कम्पनीको आईपीओे खरीद गर्ने बिहिबार (फागुन २५) गते अन्तिम दिन रहेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीमा डोल्टी पावर कम्पनी, भूगोल इनर्जी डेभलपमेन्ट र मेन्छियाम हाइड्रोपावर लिमिटेडको आईपीओ फागुन २५ गतेसम्म मात्र विक्रीमा रहने भएको हो ।  

डोल्टी पावर र भूगोल इनर्जीले फागुन ८ गतेदेखि र मेन्यिाम हाइड्रोपावरले फागुन १० गतेदेखि पहिलो चरणको आईपीओ जारी गरेका हुन । 

पहिलो चरणमा वैदेशिक रोजगारीमा गएका नेपाली र आयोजना प्रभावित स्थानीमा यी कम्पनीहरूले आईपीओ निष्कासन गरेका हुन । आयोजना प्रभावित स्थानीयमा पनि आईपीओ विक्री छिटो अवधि फागुन २५ गतेसम्मलाई तोकिएको छ । 

स्थानीयमा सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा भने ढिलो अवधि डोल्टी पावर र भूगोल इनर्जीको लागि चैत ७ गते, मेन्छियाम हाइड्रोपावरको लागि चैत ९ गते तोकिएको छ । 

डोल्टी पावरले आयोजना प्रभावित स्थानीयमा ५ लाख ३६ हजार ४८६ कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीमा १ लाख ७ हजार २९८ कित्ता सेयर जारी गरेको हो । त्यस्तै भूगोल इनर्जीले आयोजना प्रभावित स्थानीयमा ५ लाख ४४ हजार ५३ कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीमा १ लाख ८ हजार ८११ कित्ता शेयर जारी गरेको हो । 

मेन्छियाम हाइड्रोपावरले भने आयोजना प्रभावित स्थानीयमा ५ लाख ४२ हजार ५८३ कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीमा १ लाख ८ हजार ५१७ कित्ता आईपीओ जारी गरेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको