मेन्छियाम हाइड्रोपावर लिमिटेडले निष्कासन गरेको आइपीओमा स्थानीय बासिन्दाको लागि म्याद थप गरिएको छ । स्थानीय बासिन्दाले उक्त आइपीओमा चैत्र ७ गतेसम्म आवेदन दिन पाउनेछन् ।
वैदेशिक रोजागरीमा रहेका नेपालीले भने आज कार्यालय समयभित्र मात्रै आवेदन दिन सकिने कम्पनीले जनाएको छ । कम्पनीले फागुन १० गतेबाट आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपिओ बिक्री खुला गरेको हो । कम्पनीले पाँच लाख ४२ हजार पाँच सय ८३ कित्ता सेयर आयोजना प्रभावित क्षेत्र सङ्खुवासभाको स्थानीय बासिन्दाका लागि निष्कासन गरेको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस