Like us!
Follow us!
Connect us!
Watch us!

मेन्छियाम हाइड्रोपावरको आईपिओ बाँडफाँड सम्पन्न, यसरी हेर्नुहोस् रिजल्ट

अर्थ संसार

बुधबार, १३ बैशाख २०८०, ११ : ४९ मा प्रकाशित

मेन्छियाम हाइड्रोपावरको आईपिओ बाँडफाँड सम्पन्न, यसरी हेर्नुहोस् रिजल्ट

मेन्छियाम हाइड्रोपावर लिमिटेडकोे आईपिओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलले  बुधबार बिहान सेयर बाँडफाँड गरेको हो ।

आईपिओमा कुल १२ लाख ४४ हजार ३ सय ८५ जनाको आवेदन परेको बिक्री प्रबन्धकले जनाएको छ । जस मध्ये ११ लाख ७४ हजार २ सय २८ जना मात्र सेयर पाउन योग्य रहेका छन् । माग भन्दा बढीको आवेदन परेकोले योग्य रहेका आवेदकलाई गोलाप्रथामा समावेश गराएर सेयर बाँडफाँड भएको छ । 

जस अनुसार गोलाप्रथा मार्फत् कुल ९५ हजार ४ सय ११ जनाले सेयर पाएका छन् । यी मध्ये ४ जनाले ११ कित्ता सेयर पाएका छन् भने बाँकिले १० कित्ता सेयर पाएका छन् । कम्पनीले वैशाख ४ देखि वैशाख ७ गतेसम्म सर्वसाधारणलाई आईपिओ बिक्री खुला गरेको थियो ।

कम्पनीले यस अघि अनि आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली श्रमिकको लागि आईपिओ निष्काशन गरि बाँडफाँड गरिसकेको छ ।

यी चारवटा साइटबाट हेर्नुस रिजल्ट

मेन्छियाम हाइड्रोपावरको आइपीओ बाँडफाँड सम्पन्न भइसकेतापनि आइपीओ रिजल्ट भने केही बेरमा हेर्न सकिने बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटल लिमिटेडले जनाएको छ । कम्पनीको आइपीअ‍ो रिजल्ट चारवटा साइटबाट हेर्न सकिनेछ । 

https://www.nicasiacapital.com/

https://menchhiyamhydro.com/

https://meroshare.cdsc.com.np/#/login

iporesult.cdsc.com.np/

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको