Like us!
Follow us!
Connect us!
Watch us!

पूर्वमन्त्री बद्रीप्रसाद न्यौपानेलाई ९ वर्ष ६ महिना कैद सजाय

अर्थ संसार

शुक्रबार, २६ फागुन २०७९, १० : ५३ मा प्रकाशित

पूर्वमन्त्री बद्रीप्रसाद न्यौपानेलाई ९ वर्ष ६ महिना कैद सजाय

विशेष अदालतले पूर्वमहिला बालबालिका तथा समाज कल्याणमन्त्री बद्रीप्रसाद न्यौपानेलाई ९ वर्ष ६ महिना कैद र २ करोड ४३ लाख ६८ हजार ८ सय ३ रुपैयाँ जरिवाना हुने सजाय सुनाएको छ । भृकुटीमण्डपस्थित समाज कल्याण परिषद्‌को ६० रोपनी जग्गा भाडामा लगाउँदा भ्रष्टाचार गरेको कसुरमा दाेषी ठहर गर्दै अदालतले जरिवाना र सजाय सुनाएको हाे ।

सोही अभियोगमा विशेष अदालतले अर्का पूर्वमन्त्री तथा कांग्रेस सांसद (निलम्बित) टेकबहादुर गुरुङलाई १ करोड २१ लाख ८४ हजार ४ सय १ रुपैयाँ जरिवाना र त्यति नै बिगो असुल हुने सजाय सुनाएको छ ।

भृकुटीमण्डपको ६० रोपनी जग्गा भाडामा दिँदा अनियमितता गरेको कसुरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७५ माघ २१ मा पूर्वमन्त्रीद्वय न्यौपाने र गुरुङसहित १४ जनाविरुद्ध बिगो, जरिवाना र कैद सजाय मागदाबीसहित विशेषमा मुद्दा दायर गरेको थियो ।

सोही मुद्दाको फैसला गर्दै विशेषले गत फागुन १६ मा पूर्वमन्त्री न्यौपाने र गुरुङसहित नौ जनालाई दोषी ठहर र ५ जनालाई सफाइ दिएको थियो । दोषी ठहरको हकमा सजाय निर्धारण हिजो (बिहीबार) भएको जनाइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको