Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रपति निर्वाचनमा सुवास नेम्वाङको खर्च १६ हजार ५ सय

अर्थ संसार

शुक्रबार, २६ फागुन २०७९, १४ : ५० मा प्रकाशित

राष्ट्रपति निर्वाचनमा सुवास नेम्वाङको खर्च १६ हजार ५ सय

राष्ट्रपतिको उम्मेदवार बनेका नेकपा (एमाले) उपाध्यक्ष सुवास चन्द्र नेम्वाङले राष्ट्रपति निर्वाचनमा भएको खर्च विवरण सार्वजनिक गरेका छन्। राष्ट्रपतिको उम्मेदवार बन्दा १६ हजार ५ सय रुपैयाँ खर्च भएको विवरण नेम्वाङले आज (शुक्रबार) निर्वाचन आयोगलाई एमाले सांसद महेश बर्तौलामार्फत् बुझाएका हुन्।

नेम्वाङले आयोगलाई बुझाएको विवरणमा प्रचार प्रसार गर्दा १० हजार र मसलन्द शिर्षकमा ६ हजार ५ सय रुपैयाँ खर्च भएको उल्लेख छ। बिहीबार भएको राष्ट्रपति निर्वाचनमा नेम्वाङ नेपाली कांग्रेसका रामचन्द्र पौडेलसँग पराजित भएका थिए।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको