Like us!
Follow us!
Connect us!
Watch us!

सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सले सेयर कारोबार रोक्का राखिदिन गर्यो नेप्सेमा पत्राचार

अर्थ संसार

आइतबार, २८ फागुन २०७९, १५ : ५९ मा प्रकाशित

सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सले सेयर कारोबार रोक्का राखिदिन गर्यो नेप्सेमा पत्राचार

मर्जर प्रक्रिया पूरा गरी भोलि फागुन २९ गतेबाट एकीकृत निर्जीवन बीमा कारोबार सञ्चालन गर्न लागेको सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सले सेयर कारोबार रोक्का राखिदिन नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा पत्राचार गरेका छन्। 

सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको नामबाट एकीकृत निर्जीवन बीमा कारोबार सञ्चालन गर्न लागिएको हो। एकीकृत कारोबार प्रारम्भ भएको मितिबाट १५ दिनका लागि सेयर कारोबार रोकिदिन दुवै कम्पनीले नेप्सेसँग आग्रह गरेका छन्। धितोपत्र बोर्डको मर्जर निर्देशिकाबमोजिम मर्जरमा गएका कम्पनीको सेयर मिलान, धितोपत्रको पुनः दर्ता, धितोपत्रको अभौतिकीकरण तथा सूचीकरण प्रयोजनका लागि सेयर कारोबार रोक्का राख्न दुवै कम्पनीले आग्रह गरेका छन्।

यी दुवै कम्पनीको गत फागुन ११ गते सम्पन्न वार्षिक साधारणसभाले दुवै कम्पनीबीचको मर्जर प्रक्रियालाई पारित गरेको थियो। नेपाल बीमा प्राधिकरणले गत फागुन १६ गते र नेपाल धितोपत्र बोर्डले फागुन २३ गते दुवै कम्पनीको मर्जर प्रक्रियालाई अन्तिम स्वीकृति प्रदान गरेको थियो।  कम्पनी रजिस्ट्रारको कार्यालयले भने गत फागुन १९ गते गाभिने कम्पनीको सम्पूर्ण ऋण, धन तथा दायित्व नयाँ बन्ने कम्पनी सगरमाथा लुम्बिनी इन्स्योरेन्सले व्यहोर्ने र बुझाउन बाँकी रहेको विवरण समेत बुझाउने सकार्ने गरी स्वीकृति प्रदान गरेको थियो। 

मर्जरपछि कम्पनीको केन्द्रीय कार्यालय काठमाण्डौको नक्सालमा रहनेछ। सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सको सेयर आदानप्रदान अनुपात १००ः८० मा मर्ज भएका हुन्। यसका साथै दुवै कम्पनीको आर्थिक वर्ष २०७८–७९ को वित्तीय विवरणअनुसार प्रस्तावित बोनस सेयर वितरणपश्चात स्वाप रेसियो गणना गरी मर्जरपश्चात कायम हुने कम्पनीको चुक्तापुँजी २ अर्ब ६२ करोड २६ लाख ३८ हजार १९५ रुपैयाँ कायम रहनेछ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको