Like us!
Follow us!
Connect us!
Watch us!

पूर्वमन्त्री न्यौपानेले रुँदै भने- विशेष अदालतकाे जरिवाना र कैदको फैसला अन्यायपूर्ण

अर्थ संसार

मंगलबार, ३० फागुन २०७९, १३ : ५१ मा प्रकाशित

पूर्वमन्त्री न्यौपानेले रुँदै भने- विशेष अदालतकाे जरिवाना र कैदको फैसला अन्यायपूर्ण

भ्रष्टाचारमा दोषी ठहर भई ९ वर्ष ६ महिना कैद सजाय तोकिएका पूर्वमन्त्री बद्री न्यौपानेले आफूमाथि अन्याय भएको दाबी गरेका छन् । उनले आज मङ्गलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी इतिहासमै नभएको फैसला अदालतले आफूमाथि गरेको जिकिर गरे ।

न्यौपानेले रुँदै भने, एउटै व्यक्तिमाथि तीन प्रकारको सजाय नेपालको इतिहासमा भएको छैन । म सुकुम्बासी हुँ केही छैन धरौटी राख्ने रकम पनि छैन । पूर्वमन्त्री न्यौपानेले आफूमाथि पूर्वाग्रहीपूर्वक आरोप लगाइएको दाबी गरे । उनले भने, यो सबै मेरो राजनीतिक जीवन सिध्याउन गरिएको षड्यन्त्र हो ।

विशेष अदालतले काठमाडौंको भृकुटीमण्डपको जग्गा लिजमा दिंदा भ्रष्टाचार गरेको ठहर भएकोमा ९ मार्चमा पूर्वमन्त्री बद्रीप्रसाद न्यौपानेलाई जेल, जरिवाना र थप सजाय समेत तोकेको थियो । न्यौपानेलाई २ करोड ३ लाख ६८ हजार ८०३ नेपाली रुपैयाँ बीगो र थप ६ महिना कैद सजाय निर्धारण भएको विशेष अदालतले जानकारी दिएको थियो । यो घटनामा ७ जनालाई विशेष अदालतले दोषी ठहर गरेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको