Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ३ कम्पनीको मूल्य समायोजन, कुनको कति ?

अर्थ संसार

मंगलबार, ३० फागुन २०७९, १६ : २८ मा प्रकाशित

नेप्सेमा ३ कम्पनीको मूल्य समायोजन, कुनको कति ?

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा थप ३ कम्पनीको मुल्य समायोजन भएको छ। स्टकको अनुसार मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको ४.७५ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ७२५.५४  रुपैयाँ कायम गरेको हो । नेप्सेले मंगलबारको अन्तिम कारोबार मूल्य ७६० रुपैयाँको आधारमा मूल्य समायोजन गरेको हो ।

त्यस्तै, समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको १५ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ६३९.५७ रुपैयाँ कायम गरेको हो । नेप्सेले मंगलबारको अन्तिम कारोबार मूल्य ७३५.५० रुपैयाँको आधारमा मूल्य समायोजन गरेको हो ।

त्यस्तै, लघुवित्त वित्तीय संस्था लिमिटेडको २६ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता  ७३८.२५ रुपैयाँ कायम गरेको हो । नेप्सेले मंगलबारको अन्तिम कारोबार मूल्य] ९३०.२० रुपैयाँको आधारमा मूल्य समायोजन गरेको हो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको