Like us!
Follow us!
Connect us!
Watch us!

पुनः ओरालो यात्रामा सेयर बजार

अर्थ संसार

बुधबार, ०१ चैत्र २०७९, १५ : ११ मा प्रकाशित

पुनः ओरालो यात्रामा सेयर बजार

आज (बुधबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा गिरावट आएको छ । आज नेप्से १४.४४ अंकले घटेर १ हजार ९ सय ३८ दशमलव ६२ विन्दु कायम भएको हो । 

हिजो मंगलबार भने नेप्सेमा झिनो अंकको सुधार देखिएको थियो। हिजो नेप्से १.८५ अंकले बढेर १ हजार ९ सय ५३ दशमलव ०६ विन्दु कायम भएको थियो । 

आज नेप्सेमा १ अर्ब २० कारेड २१ लाख ४१ हजार बराबरको कारोबार भएको हो । आज कारोबार भएका कम्पनीमध्ये ५१ वटा कम्पनीको सेयरमूल्य बढेको छ भने १४९ कम्पनीको सेयरमूल्य घटेको छ । त्यस्तै १४ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ। आज नेप्से घटेपनि एनआइसी एसियाको कारोबार अब्बल रह्यो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको