Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव क्युएफएक्सका सिनेमा घरहरुमा आयोजना हुने

अर्थ संसार

बुधबार, ०१ चैत्र २०७९, १६ : ०७ मा प्रकाशित

नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव क्युएफएक्सका सिनेमा घरहरुमा आयोजना हुने

छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (नीफ) यही आउँदो चैत २ गतेदेखि ६ गते (मार्च १६ देखि २०) सम्म क्युएफएक्सका सिनेमा घरहरुमा आयोजना हुने भएको छ ।

प्रायः ‘थिएटर रिलिज’ नहुने छोटा फिल्म, डकुमेन्ट्री तथा एनिमेटेड फिल्महरुलाई प्रोत्साहन हुने एवं नेपाली दर्शकलाई यस्ता फिल्मको स्वाद लिने अवसरले उपलब्ध गराउने अपेक्षा लिइएको हो । 

यस्ता महोत्सवहरुले दर्शकको फिल्म साक्षरता अभिवृद्धि गर्न तथा चलचित्र जगतको विकास र प्रवद्र्धनलाई समेत प्लेटफर्म प्रदान गर्ने भएकाले क्युएफएक्स सिनेमाजले महोत्सवमा सहकार्य गरेको हो । 

नेपाली चलचित्र निर्माणको स्तर उकास्न एवं विविधता ल्याउन सहयोग पु¥याउने क्युएफएक्सको उद्देश्य रहँदै आएको छ । नीफसँगको सहकार्य त्यही प्रयासको निरन्तरता हो । 

छैटौं महोत्सवमा छनोट भएका प्रतियोगी तथा अप्रतियोगी लामा÷छोटा फिल्महरु क्युएफएक्स अन्तर्गतका सिनेमा घरहरुमा प्रदर्शित हुनेछन् । यी सिनेमा घरहरुमा काठमाडौंको सुन्धारास्थित सिभिल मल एवं ठमेलस्थित छायाँ सेन्टर, ललितपुर पुल्चोकस्थित लबिम मल तथा भक्तपुरको राधेराधे भाटभेटनीस्थित क्युएफएक्स सिनेमाज रहेका छन् । 

विगतमा जस्तै यसपटक पनि निफमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लामा, छोटा फिल्म तथा डकुमेन्ट्री र एनिमेटेड फिल्महरु प्रदर्शन हुनेछन् । ३५ देशका ९५ वटा प्रतिस्पर्धी फिल्म प्रदर्शन हुने महोत्सवको उद्घाटन चलचित्र भने कोरिन शर्मा निर्देशन चलचित्र ‘चरी’ हुनेछ । यो फिल्म अप्रतियोगीका रुपमा महोत्सवमा देखाइनेछ । महोत्सवको समुद्घाटन सुन्धारा सिभिल मलस्थित क्युएफएक्स सिनेमाजमा हुनेछ ।

महोत्सवमा सहभागी फिल्म हेर्नका लागि खल्ती एप वा सिनेमाघरहरुका बक्स अफिसबाट टिकट खरिद गर्न सकिनेछ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको