Like us!
Follow us!
Connect us!
Watch us!

नेशनल लाइफद्वारा परिपक्व तथा आवधिक दाबी भुक्तानी लिन बीमितहरुलाई आग्रह

अर्थ संसार

शुक्रबार, ०३ चैत्र २०७९, १३ : ०१ मा प्रकाशित

नेशनल लाइफद्वारा परिपक्व तथा आवधिक दाबी भुक्तानी लिन बीमितहरुलाई आग्रह

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमितहरुलाई परिपक्व तथा आवाधिक बीमा भुक्तानी लिन आग्रह गरेको छ । कम्पनीले एक सुचना जारी गर्दै बीमा पोलिसी परिपक्व भएका र आवधिक बीमा दाबी भुक्तानी लिन आफ्ना बीमितहरुलाई आग्रह गरेको हो ।

कम्पनीले योजना बमोजिमको दाबी भुक्तानी तथा अग्रिम योजनाको हकमा बीमालेख अनुसारको अवधि पुरा भई भुक्तानी रकम लिने समय भइसक्दा समेत हालसम्म रकम नलिएका बीमितहरुलाई उक्त रकम लिन आग्रह गरेको हो ।

भुक्तानी रकम नलिएका ग्राहकहरुले आवस्यक कागजात सहित आफुलाई पायक पर्ने कम्पनीको नजिक शाखा कार्यालयमा सम्पर्क गरी यथाशिघ्र बीमालेख अनुसारको परिपक्व एवम आवधिक दाबी भुक्तानी लिन आग्रह गरेको छ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको