Like us!
Follow us!
Connect us!
Watch us!

नेशनल लाइफ इन्स्योरेन्सको ३७औं वार्षिक साधारण सभा सम्पन्न

अर्थ संसार

आइतबार, ०८ असार २०८२, १० : २० मा प्रकाशित

नेशनल लाइफ इन्स्योरेन्सको ३७औं वार्षिक साधारण सभा सम्पन्न

नेशनल लाइफ इन्स्योरेन्सको ३७औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

कम्पनी अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा शुक्रबार साधारण सभा सम्पन्न भएको हो ।

कम्पनीले समीक्षा वर्षमा २१.९०% ले वृद्धि भई कुल बीमा शुल्क २०४९.१२ करोड संकलन गरेको छ । बीमा करार दायित्व २१.७०% ले वृद्धि भई ७९६०.१८ करोड पुगेको छ । सो अवधिमा कुल ८३२.८२ करोड दावी भुक्तानी गरिएको छ ।

कुल लगानी १७.३५% ले वृद्धि भई  ७०१५.४६ करोड पुगेको र लगानी प्रतिफल दर ९.१७% कायम रहेको कम्पनीले जनाएको छ । बीमितको हितका लागि दीर्घकालीन र पारदर्शी लगानी नीति अपनाइएको तथा नेपालगन्ज शाखाको भवन निर्माण सम्पन्न भई सञ्चालनमा आएको र ईटहरी शाखाको भवन निर्माण प्रक्रिया अघि बढाइएको पनि सभामा जानकारी दिइयो ।

प्रविधिमैत्रीकरण र कर्मचारी सीप अभिवृद्धिमा कम्पनीले प्राथमिकता दिइरहेको बताइएको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य र शिक्षामा केन्द्रित रहेर २५ लाख बराबरको सहयोग गरिएको छ ।

सभाले आर्थिक वर्ष २०८०/८१ का लागि १०% नगद लाभांश ( ५२.१२ करोड) र ५% बोनस शेयर (२६.०६ करोड) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । उक्त लाभांशमा लाग्ने कर प्रयोजनका लागि अतिरिक्त  ४.११ करोड पनि स्वीकृत गरिएको छ ।

५ प्रतिशत बोनसपछि कम्पनीको चुक्ता पूँजी ५.४७ अर्ब पुग्नेछ, जुन बीमा प्राधिकरणले तोकेको न्यूनतम चुक्ता पूँजीको मापदण्डसँग मेल खान्छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको