नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०८०/८१ को बीमांकीय प्रतिवेदन अनुसार बीमितले प्रतिहजार बीमांकमा न्यूनतम ६४ देखि ८५ रुपियाँसम्म बोनस पाउनेछन् ।
उक्त योजना अनुसार सावधिक जीवन बीमा योजनामा प्रतिहजार ६४ देखि ८५ रुपियाँ तोकिएको छ । त्यस्तै कम्पनीले अर्काे बीमा योजना ‘सावधिक तथा आजीवन बीमालेख’ मा पनि बीमा अवधिअनुसार न्यूनतम ६४ रुपैयाँदेखि अधिकतम ८५ रुपैयाँसम्म बोनसदर कायम गरेको छ।
कम्पनीले ‘अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख’ योजनामा बीमा अवधिअुनसार न्यूनतम ६३ रुपैयाँदेखि अधिकतम ६४ रुपैयाँसम्म प्रतिहजारका दरले बोनसदर घोषणा गरेको छ।साथै कम्पनीले यो बोनसदर अर्काे बीमाङ्कीय मूल्याङक्न प्रतिवेदन स्वीकृत नभएसम्म कम्पनीले भुक्तानी गर्ने दाबीहरूमा समेत लागू हुने जानकारी दिएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस