जनता समाजवादी पार्टी (जसपा)का नेता रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएका छन्। आज (शुक्रबार) भएको चुनावमा नेकपा (एमाले) उम्मेदवार अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी उम्मेदवार ममता झालाई पराजित गर्दै यादव निर्वाचित भएका हुन् ।
उनले संघीय सांसदको १८४ मतकाे १४५३६ मतभार र प्रदेश सांसदको ३२९ मतकाे १५७९२ मतभार पाए । उनले कुल ३०३२८ मतभार पाएका हुन् ।
शाक्यले प्रदेशसभाका १६९ मत पाइन् भने उनलाई संघीय संसदका १ सय ४ जना सांसदले मत दिए । यस्तै ममता झाले प्रदेशका १५ र संघीय संसदका २३ सांसदकाे मत पाइन् । उम्मेदवारी निष्क्रिय भएकाे घाेषणाा गरेकी प्रमिला यादवले एक जना प्रदेश सांसदकाे मत पाइन् । उनलाई संघीय सांसदले भने मत दिएनन् ।
निर्वाचित यादवलाई सत्ता गठबन्धनका कांग्रेस, माओवादी केन्द्र, नेकपा (एस), जनता समाजवादी पार्टी (जसपा) र स्वतन्त्र सांसदको समर्थन थियो । सत्ता गठबन्धनमै रहेका जनमत, लोसपा, नागरिक उन्मुक्ति र राष्ट्रिय स्वतन्त्र पार्टीले भने जनमतकी झालाई समर्थन गरेका थिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस