Like us!
Follow us!
Connect us!
Watch us!

विप्लवलाई भूपु सैनिकहरुको प्रश्न–‘मान्छे मार्छु भन्ने शक्ति फेरि कहाँबाट आयो ?’ (भिडिओसहित)

अर्थ संसार

शनिबार, ०४ चैत्र २०७९, १२ : ५६ मा प्रकाशित

विप्लवलाई भूपु सैनिकहरुको प्रश्न–‘मान्छे मार्छु भन्ने शक्ति फेरि कहाँबाट आयो ?’ (भिडिओसहित)

नेपाली सेनाका पूर्व जनरल डा. प्रेमसिंह बस्न्यातले पृथ्वीनारायण शाहले निर्माण गरेको नेपाली सेनामाथि विभिन्न तरिकाबाट आक्रमण भइरहेको बताए । हिजो (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा ‘के हो नेपाली सेना ? के होइन नेपाली सेना ?’ भन्ने अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै बस्न्यातले यो देश र नेपाली सेनामाथि विभिन्न तरिकाबाट खतरा बढेको टिप्पणी गरेका हुन् ।   

नेपालको रक्षका लागि हजारौं नेपाल आमाका छोराछोरीले प्राण आहुती दिएको स्मरण गर्दै उनले अहिले माओवादीका प्रधानमन्त्री भएको बेलामा पश्चिमा र भारतीय शक्तिहरु सल्बलाइरहेको आरोप लगाए । ‘अहिले माओवादीका प्रधानमन्त्री भएको बेलामा पश्चिमा र भारतहरु लागिरहेका छन् । अहिले माओवादी अगाडि छैन । ऊ पछाडि छ । पछाडि बसेर अर्कालाई धकेलिरहेको छ,’– उनले भने । साथै, नेपाली कांग्रेसले सेनालाई कहिले पनि माया नगरेको उनको आरोप छ । कांग्रेस सरकारमा आएको बेला विभिन्न तरिकाबाट सेनालाई दुःख दिने र सेनाको संगठनमाथि नै आँच आउने कार्य भएको उनको आरोप छ । 

‘नेपाली कांग्रेसले सेनालाई कहिले पनि माया गर्दैन । म हजारौं उदाहरण दिनसक्छु । जहिले पनि राजा महेन्द्र र विपीलाई थुनेको मात्रै ? जहिले नेपाली कांग्रेस सरकारमा आयो, हाम्रो भत्ता काटेको छ । विदाको पैसा काटेको छ । लप्टनलाई सुब्बा बनाउँछ,’– उनले भने । देशमा नेपाली कांग्रेसको खोल ओढेर विदेशी शक्तिहरुलाई नेपालमा प्रभाव पार्न दिने कामहरु भइरहेको उनको आरो थियो । नेपाली सेनालाई कमजोर बनाउने खेल नेपाल भित्रैबाट भइरहेको उनको बुझाई छ । तर, नेपाली सेना उनीहरुको योजनाअनुसार कहिले पनि नढल्ने उनले बताए । 

‘अहिले यहाँ रअ ले उचालेर जुन पात्रहरु लागिरहेका छन् । तिमीहरु कुनै विश्वविद्यालयमार्फत परिचालित भइराखेका छौ । वर्तमान राष्ट्रपतिज्यू तपाईँका दलमा आवद्ध केही व्यक्तिहरु यहाँ विदेशीको इसारा नेपाली सेना ढाल्ने पक्षमा छन् । तर, ढल्ने छैन । हात्तिको ढाडमा भुसुनो चढेर झिँगाले डिंगो मर्दैन । तपाईँरु अहिले जरा काट्दै हुनुहुन्छ । हामी पर्यो भने जरा काट्नेको के–के काट्नसक्छौं ? त्यो शक्ति र क्षमता छ हामीसँग,’– उनले भने । 

आगामी दिनमा अरु कर्मचारीहरुको जस्तो टे«ड युनियन सेनामा हुन नहुने उनको भनाई छ । भूपु र बहालवाला सेनाहरुको एकता बलियो हुन आवश्यक रहेको उनले बताए । सेना विधिको शासनमा चलेको हेर्न आफूले चाहेको उनले बताए । देश रोएर बसेको अवस्थामा संविधानमात्रै हाँसेर बसेर नहुने उनले बताए अहिलेको संविधानमा रहेर चार वटा टाउका मात्रै हाँसेको उनको आरोप छ । 

‘हामी भूपुहरु सेनाको पछाडि छौं । जनता तिम्रो पडाडि छ । के हेरेर बस्छौ ? संविधान, संविधान मात्रै भनेर ? संविधानमा के संशोधन गर्ने हो ? संविधान फाल्ने हो की के गर्ने हो ? के संविधानको मात्रै हामी नोकर हौं ? देश रोएर बस्दा संविधानमात्रै हाँसेर बसेर हुन्छ ? चार जना पाँच वटा टाउका मात्रै हाँसेर बसेर हुन्छ ?,’– उनको प्रश्न छ । 

साथै, तत्कालीन विद्रोही माओवादीका केही नेताहरुले अहिले पनि सडकमा आएर मार्ने धम्कि दिइरहेको बताए । उनले माओवादीका नेताहरुलाई फेरि पनि युद्ध गर्ने हो त ? भनि प्रश्नसमेत गरेका छन् । ‘के थियो जनयुद्ध भन्ने त्यो ? अहिले सडकमा आएर यसलाई मार्छु, त्यसलाई मार्छु  ! खबरदार कहाँबाट आयो यो शक्ति फेरि ? फेरिपनि युद्ध नै गर्ने हो त ?’ उनले प्रश्न गरे । 

त्यसैगरी, पूर्वसहायक रथी तथा पूर्वराजदूत भरतबहादुर रायमाझीले देशको रक्षाका लागि नेपाली सेनाको संख्या बढाउन पर्ने बताएका छन् । अहिले सेन देशका लागि बढी भयो, सेतो हात्ति जस्तै भयो भन्ने विभिन्न हल्ला चलेपनि देशको रक्षाका लागि सेनाको संख्या अझ बढाउन पर्ने उनले बताए । 

‘सेना ठूलो भयो । सेना सेतो हात्ति भयो भन्ने कुरामा विश्वास नगर्नुस् । सेना हामीलाई अझ बढी चाहिन्छ । त्यसपछि मात्रै देशको रक्षा हुन्छ,’– उनले भने । साथै, देश रक्षामा सबैभन्दा ठूलो भूमिका नेपाली सेनाको रहेको उनले बताए । नेपालमा सुरक्षाको क्षेत्रमा छुट्याइएको बजेटसमेत अत्यन्त कम भएको उनले बताए । सेना व्यारेकमा बसेर खाएको हुन्छ भन्ने आम मानिसमा भ्रम रहेको उनले बताए । सेनाले गरेको धेरै कार्यहरु जनताको साथमा आउन नसकेको उनले बताए । 

कार्यक्रममा सम्बोधन गर्दै अर्का वक्ता त्रिलोक चन्दले सेनाले जहिले पनि नेपाली जनताको हितमा रहेर काम गरेको दाबी गरे । तत्कालीन माओवादी जनयुद्धको प्रसंग जोड्दै उनले सेना नेपाली जनताको रक्षाको लक्ष्य भन्दा बाहिर गएको भए अहिले सरकारमा भएकोहरु त्यतिबेला नै नर्कमा पुग्ने टिप्पणी गरे । 

‘हिजो जनशक्तिको नाममा, जनविद्रोहको नाममा भएको जुन विद्रोह थियो, त्यसलाई दवाउनको निमित्त सेनालाई प्रयोग गर्न खोजिएको थियो । तर, वास्तवमा सेना अगाडि बढेको भए आज तिनीहरु सत्तामा हुँदैनथे । कुनै कालकोठरीमा बस्थे वा नर्कको बास भइसक्थ्यो,’– उनले भने । सेनाले आफ्नो विवेक प्रयोग गरेर तत्कालीन शसस्त्र विद्रोहमा नेपाली जनताका छोराछोरीको रगत बग्न रोकेको उनले दाबी गरे । आफ्नो गौरवको इतिहास भएको नेपाली सेनालाई अहिले विदेशी शक्तिहरुको आडमा चीरहरण गर्ने क्रियाकलाप भइरहेको उनको आरोप छ ।

‘सेनाले आफ्नो अदम्य साहस र क्षता देखाएर तत्कालीन विद्रोहीहरुलाई सफाया गर्ने थियो । नेपाली जनताको रगतलाई माटोमा बग्न दिएन । तर, ती तथाकथित शक्तिहरुले विदेशीको भर गरेर नेपाली सेना चीरहरण गरे,’– उनले भने । नेपाली सेनाले आर्जेको मुलुकमा विकृति र बेथिति बढ्दा पनि सेना टुलुटुलु हेरेर बसिरहेको उनले आरोप लगाए । सेनाले अहिले आफ्नो अस्तित्व बचाउन नसकेको उनको आरोप छ । नेपाली सेना कसैको दास बन्न नहुने उनको भनाई छ । हिजो विद्रोहीको नाममा ४२ अर्ब भ्रष्टाचार हुँदा पनि सेना बेल्न नसकेको उनले बताए । ‘राज्यका कुनै पनि अंगले काम गरिरहेको अवस्था छैन । तर, आज नेपाली सेना किन मौन बसिरहेको छ ?  आजसम्म सेना टुलुटुलु बसेको किन ? के हेरेर बसेको छ सेना ?’– उनले प्रश्न गरे । 

तत्कालीन विद्रोही शक्ति सेनामाथि लगाएको आरोप अझै पखालिन बाँकी रहेको उनले बताए । सेनाको परमाधिपति मारिदासमेत नेपाली सेना बोल्न नसकेको उनको आरोप छ । ‘हिजो विद्रोही शक्तिले लगाएको दोष सेनाले पखाल्न सकेको छैन । हिजो राजामात्रै मारिएको हैन । यो देशको परमसेनाधीपति मारिदाखेरी किन सेना बोल्न सकेन ? नेपाली जनताको सुरक्षा गर्दाखेरी वा युद्धमा चाहे त्यो विद्रोही होस, घाइतेलाई आफ्नो काँधमा बोकेर अस्पतालसम्म पुर्याउने सेना आज सकिन लिम्पियाधुरा जान सकेको छैन ?’– उनले प्रश्न गरे । 

अहिले सेना आफ्नै अस्तित्व बचाउन नसक्ने अवस्थामा पुगेको उनले बताए । सेना कहिले पनि राजनीतिक दलको अभिन्न अंगको रुपमा हुन नहुने उनको सुझाव छ । नेपाली सेना कसैको दास नभएको उनको भनाई छ । ‘किन सेनाले आफ्नो अस्तित्व बचाउन सकेको छैन ? के सेना राजनीतिक दलको अभिन्न अंग हो ? यदि राजनीतिक दलको अभिन्न अंग होइन भने राष्ट्रिय सुरक्षाका किन बोल्न सक्दैन ? नेपाली सेना आज कसैको दास होइन,’– उनले भने । 

अर्का वक्ता गोविन्द बोहोरा ‘ब्रमाण्ड’ ले नेपालको राजनीतिमाथिको व्यवस्थापन नेपाली सेनाले गर्न नसकेको भन्ने प्रश्न चिन्ह खडा भएको बताए । 
‘नेपाली राजनीतिको व्यवस्थापन नेपाली सेनाले किन गर्न नसकेको भन्ने प्रश्न चिन्ह उठेको छ । नेपालमा नाकाबन्दी लाग्दै सैन्य कुटनीतिबाट नाकाबन्दी खुल्छ भने आजको अवस्थामा आइपुग्दा नेपाली सेनाले किन कुटनीति प्रयोग गर्न सक्दैन भन्ने कुरा छ । 

साथै, नेपालको संविधानबाट अहिलेको नेपालको समस्या समाधान हुन नसक्ने उनले बताए । पूर्वराजा ज्ञानेन्द्रले सरकारमा आउने चाहना देखाएको स्मरण गराउँदै उनले पूर्वराजाको चाहना बुझेर भूपु सैनिकले यसको कदम चाल्नुपर्ने उनको भनाई छ । अहिले आम जनताको चाहना नेपाली सेनाले सत्ता हातमा लिएहुन्थ्यो भन्ने चाहना भएको उनले बताए । नेपाल युक्रेनको अवस्थामा पुग्ने अवस्था आइसकेको दाबी छ । कार्यक्रममा वरिष्ठ अधिवक्ता डा.सुरेन्द्र भण्डारी, अधिवक्ता नवराज पाण्डेलगायतको सहभागिता रहेको थियो ।

दलाल र राष्ट्रघातीहरुलाई जेल कोच्छौ भन्दै पूर्व जर्नेल प्रेम सिंह बस्न्यातले दिए यस्तो चेतावनी- भिडिओ

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको