Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन लाइफको नयाँ बोनस दर सार्वजनिक, कुन योजनामा कति बोनस ?

अर्थ संसार

आइतबार, ०५ चैत्र २०७९, ०७ : १३ मा प्रकाशित

सिटिजन लाइफको नयाँ बोनस दर सार्वजनिक, कुन योजनामा कति बोनस ?

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनस दर सार्वजनिक गरेको छ ।

कम्पनीले बीमा प्राधिकरणबाट फागुन २९ गते स्वीकृत भए अनुसार विभिन्न प्रकारका बीमा योजनाहरूको आर्थिक वर्ष २०७८/७९ को बोनस दर सार्वजनिक गरेको हो ।

कम्पनीले अग्रिम भुक्तानि सावधिक (रेगुलर) जीवन बीमालेख योजनामा प्रति हजार न्यूनतम ४४ रूपैयाँदेखि अधिकतम ५५ रुपैयाँसम्म बोनस कायम गरेको छ । यस्तै, कम्पनीको सावधिक (रेगुलर) जीवन बीमालेख योजनामा प्रति हजार न्यूनतम ३८ रुपैयाँदेखि अधिकतम ७३ रुपैयाँसम्म बोनस पाउनेछन् ।कम्पनीले सिटिजन सुभारम्भ(सावधिक प्लस) बीमालेख योजनामा प्रति हजार न्यूनतम ३५ रूपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस कायम गरेको छ ।

त्यसैगरी, बार्षिक अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख योजनामा प्रति हजार न्यूनतम २५ रूपैयाँदेखि अधिकतम २८ रूपैयाँसम्म बोनस पाइनेछ ।कम्पनीको सिटिजन जीवन सारथी योजनामा प्रति हजार न्यूनतम ३७ रूपैयाँदेखि अधिकतम ७५ रूपैयाँसम्म बोनस प्राप्त गर्न सकिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको