Like us!
Follow us!
Connect us!
Watch us!

न्यादी हाइड्रोपावरको साधारणसभा आज, यस्ता छन् एजेन्डा

अर्थ संसार

सोमबार, ०६ चैत्र २०७९, ०६ : १९ मा प्रकाशित

न्यादी हाइड्रोपावरको साधारणसभा आज, यस्ता छन् एजेन्डा

न्यादी हाइड्रोपावर लिमिटेडको १५ औं वार्षिक साधारण सभा आज सोमबार कार्की ब्याक्वेट, बबरमहल, काठमाडौंमा बिहान ११ बजे शुरु हुने छ ।

सभाले गत आवको वार्षिक वित्तीय विवरण छलफल गरी पारित गर्नुका साथै चालू आर्थिक वर्षको लेखापरीक्षणको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । 

त्यस्तै सभाले सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरुको चयन गर्नेछ । कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश घोषणा भने गरेको छैन । 

कम्पनीले साधारणसभा प्रयोजनको लागि फागुन १९ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेको थियो त्यसैले फागुन १८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको