Like us!
Follow us!
Connect us!
Watch us!

मल्टिपर्पसको हकप्रद सेयर बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

अर्थ संसार

सोमबार, ०६ चैत्र २०७९, १२ : ५१ मा प्रकाशित

मल्टिपर्पसको हकप्रद सेयर बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

मल्टिपर्पस फाइनान्स लिमिटेडले साबिकका सेयरधनीहरूका लागि निष्कासन गर्न लागेको ३५ प्रतिशत हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । 

नियुक्तिसम्बन्धी सम्झौतामा फाइनान्सका प्रमुख कार्यकारी अधिकृत रजनीशकुमार सिंह र क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कविन्द्रध्वज जोशीले हस्ताक्षर गरेका हुन् । 

मल्टिपर्पस फाइनान्सको अधिकृत पुँजी ८० करोड रुपैयाँ, कुल जारी तथा चुक्ता पुँजी ४५ करोड २० लाख रूपैयाँ, कुल सम्पत्ति एक अर्ब ८० करोड ८० लाख ८० हजार रुपैयाँ रहेको जनाइएको छ ।

त्यसैगरी, कुलनिक्षेप एक अर्ब २९ करोड ६५ लाख रुपैयाँ तथा कर्जा लगानी ९८ करोड ८२ लाख रुपैयाँ रहेको उल्लेख छ । हाल कायम चुक्ता पुँजीको ३५ प्रतिशत हकप्रद निष्कासनपश्चात् वित्तीय संस्थाको चुक्ता पुँजी ६१ करोड दुई लाख रुपैयाँ पुग्ने जनाइएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको