१. एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । संस्थाको साधारण सभा वैशाख १५ गते पोखरामा हुनेछ । सभामा संस्थाले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद लाभांश गरी कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि चैत्र १७ गतेदेखि बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले चैत्र १६ गतेसम्म नेप्सेमा काराेबार भइ कायम हुने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् ।
२. आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडका बीच आज दुवै कम्पनीहरु एक आपसमा गाभ्ने तथा गाभिने सम्बन्धमा अन्तिम सम्झौता सम्पन्न भएकाे छ । उक्त सम्झौता अनुसार दुवै कम्पनी एक आपसमा गाभिए पश्चात् बन्ने कम्पनीको नाम आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेड रहने सहमती भएको छ । यी २ कम्पनीकाे स्वाप रेसियाे १००:१०० (१:१) कायम रहनेछ ।
३. कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभा आह्वान गरेको छ । संस्थाको १३ औँ वार्षिक साधारण सभा चैत्र २९ गते होटल टास्क इन्टरनेशन बुद्धचोक पोखरामा बिहान ९ बजेदेखि सुरु हुनेछ । सभाले संस्थाले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव प्रस्ताव पारित गर्नेछ । संस्थाले साधारण सभा प्रयोजनको लागि चैत्र १६ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेको छ । जस अनुसार अनुसार चैत्र १५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।
४. मल्टिपर्पस फाइनान्स कम्पनीकाे हकप्रद प्रकृया अघि बढेकाे छ । फाइनान्सले सेयरधनीहरूका लागि निष्कासन गर्न लागेको ३५ प्रतिशत हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
५. नेपाल स्टक एक्सचेञ्जमा २ आईपीओ सूचिकृत भएको छ । नेप्सेमा सुपरमाई हाइड्रोको ५० लाख कित्ता र माया खोला हाइड्रोकाे १ कराेड कित्ता आईपीओ सूचिकृत भएको हाे । नेप्सेले सुपरमाई हाइड्रोको पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम १ सय ३० रूपैयाँ ७६ पैसादेखि अधिकतम ३ सय ९२ रूपैयाँ २८ पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गरेको छ । त्यस्तै माया खोला हाइड्रोको पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ८८ रूपैयाँ ५३ पैसा देखि अधिकतम २ सय ६५ रूपैयाँ ५९ पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गरिएको छ ।
६. विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभा डाकेको छ । संस्थाको दशाैँ वार्षिक साधारण सभा विजय विकास स्रोत केन्द्र, गैडाकोट–८, नवलपरासीमा बिहान साढे ११ बजेबाट सुरु हुनेछ । सभामा गत वर्षको नाफाबाट सेयरधनीहरुलाई २०% बोनस सेयर र कर प्रयोजनका लागि १.०५ % नगद गरी जम्मा २१.०५ % लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि चैत १६ गतेदेखि बुकक्लाेज गर्ने निर्णय गरेको छ । त्यसैले, चैत्र १५ गतेसम्म नेप्सेमा काराेबार भइ कायम हुने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् ।
७. लगातारको ओरालो यात्रापछि आज सेयर बजार दोहोरो अंकले बढेकाे छ । आज नेप्से परिसूचक २२ दशमलव ६५ अंकले बढेर १ हजार ९ सय ४९ दशमलव ०६ विन्दुमा पुगेकाे छ । यस दिन कुल २ सय ५८ वटा कम्पनीकाे ५२ लाख ५५ हजार ८६ कित्ता सेयर खरिदबिक्री हुँदा कुल एक अर्ब २९ कराेड ८५ लाख ८३ हजार रूपैयाँ बराबरको कारोबार भएको छ ।
८. नेपाल स्टक एक्सचेञ्जमा सोमबार २ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आज साईन रेसुङ्गा डेभलपमेन्ट बैंकको १३ दशमलव ३० प्रतिशत बोनसबापतको ५० लाख २८ हजार ७ सय ४१ दशमलव ९९ कित्ता र लुम्बिनी विकास बैंकको ३ प्रतिशत बोनसबापतको ९ लाख ८५ हजार २ सय ८७ दशमलव ७५ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।
९. नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल सबैभन्दा कम बचत गर्ने देशमा पर्ने बताएका छन् । सोमबार नेपाल राष्ट्र बैंकले आयोजना गरेको विश्वव्यापी मुद्रा सप्ताह–२०२३ उद्घाटन तथा वित्तीय चेतनामूलक कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् । उनले विश्वका अन्य देशहरूमा भन्दा नेपालमा बचत गर्ने भन्दा पनि सबैभन्दा बढी खर्च गर्ने प्रवृत्ति रहेको बताएका छन् । उनले मुद्रालाई बचत गर्न जरुरी रहेको भन्दै बचतबाट नै आम्दानी बढ्ने उल्लेख गरेका छन् ।
१०. अघिल्लो दिन नयाँ रेकर्ड कायम गरेको सुनको भाउ आज तोलामा ७ सय रुपैयाँले घटेर प्रतिताेला १ लाख ९ हजार ३ सय रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेर तोलाको १३ सय ३० रुपैयाँ कायम भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस