Like us!
Follow us!
Connect us!
Watch us!

साल्ट ट्रेडिङ कर्पोरेसनले बोलायो साधारण सभा

अर्थ संसार

मंगलबार, ०७ चैत्र २०७९, ११ : २१ मा प्रकाशित

साल्ट ट्रेडिङ कर्पोरेसनले बोलायो साधारण सभा

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले साधारण सभा बोलाएको छ । साल्ट ट्रेडिङले चैत १० गतेका लागि साधारण सभा बोलाएको हो। सभा, त्रिभुवन आर्मी अफिसर्स् क्लब भद्रकाली काठमाडौंमा दिउँसो १२ः१५ बजेदेखि सुरु हुने साल्ट ट्रेडिङले जनाएको छ । 

सभामा यस कम्पनीले १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (करसहित) गरी जम्मा १५% लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब लगायतमा पनि छलफल हुनेछ ।  
 
त्यस्तै, आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि छ । सर्वसाधारण सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ७ जना सञ्चालक पदमा निर्वाचन गर्ने प्रस्ताव हुनेछ । 

सभा प्रयोजनका लागि यस कम्पनीले फागुन २६ गते बुक क्लोज गरिसेको छ । फागुन २५ गतेसम्म सेयर खरिद गरी कायम रहेका सेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको