Like us!
Follow us!
Connect us!
Watch us!

१९.७७ % ले घट्यो साल्ट ट्रेडिङ्गको नाफा, बिक्रि आम्दानी १३ अर्ब ३५ करोड

अर्थ संसार

आइतबार, ०२ भदौ २०८१, १२ : ४२ मा प्रकाशित

१९.७७ % ले घट्यो साल्ट ट्रेडिङ्गको नाफा, बिक्रि आम्दानी १३ अर्ब ३५ करोड

साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीको खुद नाफा घटेको छ ।

खुद नाफा

साल्ट ट्रेडिङ्ग कर्पाेरेशनले गत आर्थिक वर्ष २०८०/८१ मा ६ करोड २१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष साल्ट ट्रेडिङ्गले ७ करोड ८८ लाख रुपैयाँ खुद नाफा गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष १९.७७ प्रतिशत कम नाफा गरेको हो ।

बिक्री आम्दानी

गत असारसम्म कम्पनीले १३ अर्ब ३५ करोड ३ लाख रुपैयाँ बिक्री आम्दानी गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ८ अर्ब ७८ करोड २९ लाख रुपैयाँ कुल आम्दानी गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष कम्पनीले ५२ प्रतिशत बढी आम्दानी गरेको हो ।

प्रशासनिक खर्च

गत वर्ष कम्पनीको प्रशासनिक खर्च १३ करोड ८३ लाख रुपैयाँ र कर्मचारी खर्च २९ करोड ७० लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्ष प्रशासनिक खर्च १६ करोड ३१ लाख रुपैयाँ र कर्मचारी खर्च ३१ करोड १५ लाख रुपैयाँ गरेको थियो ।

ब्याज खर्च

अघिल्लो वर्ष ४४ करोड ५० लाख रुपैयाँ ब्याज खर्च गरेको कम्पनीले गत वर्ष ५८ करोड रुपैयाँ गरेको छ ।

चुक्ता पुँजी/जगेडा कोष

कम्पनीको चुक्ता पुँजी ३२ करोड ७ लाख रुपैयाँ रहेको छ भने जगेडा कोष १ अर्ब ४१ करोड ४३ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष कम्पनीको चुक्ता पुँजी २७ करोड ८८ लाख रुपैयाँ र जगेडा कोष १ अर्ब ३६ करोड ५६ लाख रुपैयाँ थियो ।

प्रतिसेयर आम्दानी

 कम्पनीको प्रतिसेयर आम्दानी २८.२६ रुपैयाँबाट घटेर १९.७१ रुपैयाँमा झरेको छ ।

प्रतिसेयर नेटवर्थ

कम्पनीको प्रतिसेयर नेटवर्थ ३९७.६२ रुपैयाँ छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको