Like us!
Follow us!
Connect us!
Watch us!

मेन्छियाम हाइड्रोपावरको आईपीओ बाँडफाँड

अर्थ संसार

मंगलबार, ०७ चैत्र २०७९, १६ : ५९ मा प्रकाशित

मेन्छियाम हाइड्रोपावरको आईपीओ बाँडफाँड

मेन्छियाम हाइड्रोपावरको आईपीओ बाँडफाँड भएको छ। हाइड्रोपावरले विदेशमा रोजगारी गरिरहेका नेपालीहरूका लागि निष्कासन गरेको आईपीओ बाँडफाँड गरेको हो। एनआइसी एशिया क्यापिटलको निष्कासन तथा बिक्री प्रबन्धकत्वमा निष्कासन गरिएको उक्त आइपिओ आज (मंगलबार) बाँडफाँड भएको हो।

उक्त आइपिओमा रितपूर्वक १६ हजार ८०७ जना आवेदकहरूबाट ४ लाख ३७ हजार ९१० कित्ता सेयरका लागि आवेदन प्राप्त भएकोमा गोलाप्रथाको माध्यमबाट १० कित्तादेखि एक हजार कित्ता सेयर माग गर्ने १० हजार ८५१ जना आवेदनकर्ता छनौट गरी १० कित्ताको दरले १ लाख ८ हजार ५१० कित्ता सेर बाँडफाँड गरिएको हो।

बाँकी रहेको ७ कित्ता सेयर २० कित्तादेखि एक हजार कित्ता सेयर आवेदन गर्ने आवेदकहरूमध्ये सेयर पर्न सफल आवेदकहरूलाई पुनः गोलाप्रथाको माध्यमबाट थप १ कित्ता सेयरका दरले ७ कित्ता सेयर ७ जना आवेदकहरूलाई बाँडफाँट गरिएको हो। विदेशमा रोजगारी गरिरहेका नेपालीहरूलाई छुट्याइएको साधारण सेयर फागुन १० गतेदेखि फागुन २५ गतेसम्म निष्कासन तथा बिक्री खुला गरिएको थियो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको