Like us!
Follow us!
Connect us!
Watch us!

मेन्छियाम हाइड्रोपावरको आइपीओ बाँडफाँड सम्पन्न, यसरी हेर्न सकिन्छ रिजल्ट

अर्थ संसार

मंगलबार, २१ चैत्र २०७९, १५ : ३४ मा प्रकाशित

मेन्छियाम हाइड्रोपावरको आइपीओ बाँडफाँड सम्पन्न, यसरी हेर्न सकिन्छ रिजल्ट

मेन्छियाम हाइड्रोपावर लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्कासन गरेको आइपीओ हिजो (सोमबार) बाँडफाँड गरेको हो ।

कम्पनीले आफ्नो १०० रुपैयाँ अंकित दरका जारी पुँजी ५४ करोड २५ लाख ८३ हजार रुपैयाँको १० प्रतिशत अर्थात् ५ करोड ४२ लाख ५८ हजार रुपैयाँ बराबरको ५ लाख ४२ हजार ५८३ कित्ता सेयर निष्कासन गरेकोमा सो सेयर बाँडफाँड गरेको हो ।

कुल ५ लाख ४२ हजार ५८३ कित्तामध्ये आयोजना अति प्रभावित क्षेत्र संखुवासभा जिल्ला (साविक सिद्धकाली, सिद्धपोखरी र मावादीन गा.वि.स.)का बासिन्दाहरुका लागि २ लाख ७१ हजार २९२ कित्ता सेयर तथा आयोजना प्रभावित क्षेत्र संखुवासभा जिल्लाका बासिन्दाहरुका लागि २ लाख ७१ हजार २९१ कित्ता सेयर बिक्री खुल्ला गरेकोमा रितपूवर्क आवेदन दिने आवेदकलाई माग बमोजिम सेयर बाँडफाँड गरिएको हो ।

सेयर बाँडफाँँडसम्बन्धी विवरण हेर्नको लागि कम्पनीको बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटल लिमिटेडको वेबसाइट  https://www.nicasiacapital.com/  मार्फत हेर्न सकिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको