Like us!
Follow us!
Connect us!
Watch us!

मेन्छियाम हाइड्रोपावरको आइपीओ बाँडफाँड हुँदै, कतिले पाउँदैछन् सेयर?

अर्थ संसार

मंगलबार, १२ बैशाख २०८०, १४ : २६ मा प्रकाशित

मेन्छियाम हाइड्रोपावरको आइपीओ बाँडफाँड हुँदै, कतिले पाउँदैछन् सेयर?

मेन्छियाम हाइड्रोपावर कम्पनी लिमिटेडको आइपीओ भोलि (बुधबार) बाँडफाँड हुँदैछ । आइपीओ भोलि बिहान १०ः३० बजे लैनचौर ब्यांक्वेटमा बाँडफाँड हुने बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटलले जनाएको हो।

कम्पनीको आइपीओमा मागभन्दा बढी आवेदन परेकाले यसको बाँडफाँड गोलाप्रथाद्वारा हुनेछ । अन्तिम दिनसम्ममा १२ लाख २८ हजार २०० जनाले १ करोड ३५ लाख ७ हजार ९६० कित्ताका लागि आवेदन दिएका थिए ।

सोअनुसार गोलाप्रथाद्वारा आइपीअ‍ो बाँडफाँड गर्दा ९३ हजार ४९१ जनाले मात्र १०–१० कित्ता सेयर हात पार्नेछन् भने ५ जना भाग्यमानीले ११ कित्ता पाउनेछन् भने ११ लाख भन्दा बढीको हात खाली हुनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको