Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा मिडल तमोर हाइड्रोको आईपीओ बाँडफाँड बुधबार, सेयर पाउन भाग्यकै भर

अर्थ संसार

मंगलबार, ०७ चैत्र २०७९, १७ : ४५ मा प्रकाशित

सानिमा मिडल तमोर हाइड्रोको आईपीओ बाँडफाँड बुधबार, सेयर पाउन भाग्यकै भर

सानिमा मिडल तमोर हाइड्रोपावर कम्पनी लिमिटेडले फागुन २६ गतेदेखि फागुन ३० गतेसम्म सर्वसाधारणका लागि निष्कासन गरेकाे साधारण सेयर (आईपीओ) काे बाँडफाँड भाेलि (चैत्र ८ गते, बुधबार) हुने भएकाे छ । निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडका अनुसार उक्त आईपीओकाे बाँडफाँड बुधबार बिहान १० बजे क्यापिटलकाे रजिष्टर्ड कार्यालय, नक्साल, काठमाडाैँमा हुनेछ ।

कम्पनीकाे आईपीओमा अन्तिम दिनसम्ममा १४ लाख १२ हजार १३ जना लगानीकर्ताहरूले कुल १ करोड ६२ लाख ४० हजार ९ सय ४० कित्ताका लागि आवेदन दिएका छन् । यो माग भन्दा ३.८२ गुणा बढी आवेदन हो ।

मागभन्दा धेरै आवेदन परेकाे हुनाले कम्पनीकाे आईपीओ गाेलाप्रथाद्वारा बाँडफाँड गरिनेछ । गाेलाप्रथाद्वारा बाँडफाँड गर्दा सेयर पाउन भाग्यकै भर पर्नुपर्छ । 

कम्पनीले जारी पुँजी ३ अर्ब ३३ करोड २५ लाख रुपैयाँको १५% (८९ करोड ९८ लाख ७५ हजार रुपैयाँ बराबरको ४९ लाख ९८ हजार ७५० कित्ता) सेयरलाई आइपिओ  मार्फत बिक्रीमा ल्याएको थियाे । जसमध्ये १०% (४ लाख ९९ हजार ८७५ कित्तां) सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि र ५ %  २ लाख ४९ हजार ९३६ कित्ता सेयर सामूहिक लगानी कोषहरुको लागि बाँडफाँट गरिसकिएको छ। सबैलाई छुटाएर बाहेक बाँकी ४२ लाख ४८ हजार ९३८ कित्ता सेयर कम्पनीले सर्वसाधारणका लागि बिक्री खुला गरेको थियाे । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको