Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा मिडल तमोर हाइड्रोकाे आईपीओ बाँडफाँड सम्पन्न, तपाईँलाई पर्यो की परेन ? यसरी हेर्नुस् नतिजा

अर्थ संसार

बुधबार, ०८ चैत्र २०७९, ११ : १३ मा प्रकाशित

सानिमा मिडल तमोर हाइड्रोकाे आईपीओ बाँडफाँड सम्पन्न, तपाईँलाई पर्यो की परेन ? यसरी हेर्नुस् नतिजा

सानिमा मिडल तमोर हाइड्रोपावर कम्पनी लिमिटेडले फागुन २६ गतेदेखि फागुन ३० गतेसम्म सर्वसाधारणका लागि निष्कासन गरेकाे साधारण सेयर (आईपीओ) काे बाँडफाँड आज (चैत्र ८ गते, बुधबार) सम्पन्न भएकाे छ । उक्त आईपीओकाे बाँडफाँड निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडकाे रजिष्टर्ड कार्यालयमा गरिएकाे थियाे । 

कम्पनीकाे आईपीओमा अन्तिम दिनसम्ममा १३ लाख ५६ हजार ३ सय ४१ जना लगानीकर्ताहरूले कुल १ करोड ५० लाख ८८ हजार ८ सय ८० कित्ताका लागि आवेदन दिएका थिए । जसमध्ये ७ हजार ९ सय ९९ जनाको आवेदन रद्द भएको छ । बाँकी रहेका १३ लाख ४८ हजार ३ सय ४२ जना लगानीकर्तालाई बाँडफाँडमा सहभागी गराइएकाे थियाे ।

मागभन्दा धेरै आवेदन परेकाे हुनाले कम्पनीकाे आईपीओ गाेलाप्रथाद्वारा बाँडफाँड गरिएकाे थियाे। गाेलाप्रथाद्वारा बाँडफाँड गर्दा भाग्यमानी ४ लाख २४ हजार ८ सय ९३ जना लगानीकर्ताहरूले मात्रै सेयर हात पारेका छन् । यी मध्ये ८ जनाले ११ कित्ता सेयर पाएका हुन् भने बाँकी लगानीकर्ताहरूले १० कित्ताको दरले सेयर पाएका छन् । 

तपाईँलाई पर्यो की परेन ? यसरी हेर्नुस् नतिजा

कम्पनीकाे आईपीओकाे नतिजा ४ तरिकाबाट हेर्न सकिन्छ । सिडीएसले आईपीओकाे नतिजा हेर्नका लागि सञ्चालनमा ल्याएकाे वेबसाइट iporesult.cdsc.com.np, बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडकाे वेबसाइट, सानिमा मिडल तमोर हाइड्रोपावर कम्पनी लिमिटेडको वेबसाइट र मेराे सेयरबाट नतिजा हेर्न सकिन्छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको