Like us!
Follow us!
Connect us!
Watch us!

१० दलीय गठबन्धन भत्काउने एमालेको कुनै योजना छैन: शंकर पोखरेल

अर्थ संसार

विहीबार, ०९ चैत्र २०७९, १२ : ०५ मा प्रकाशित

१० दलीय गठबन्धन भत्काउने एमालेको कुनै योजना छैन: शंकर पोखरेल

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले एमालेले अहिलेको १० दलीय गठवन्धन भत्काउने कुनैपनि योजना नबनाएको दाबी गरेका छन ।प्रेस चौतारी नेपाल दाङले आज (बिहिबार) घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले एमालेले अहिलेको गठवन्धन भत्काउने र नँया वनाउने खेलमा नलाग्ले स्पष्ट पारेका हुन् ।

पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महासचिव पोखरेलले भने ”नेकपा एमाले अब सशक्त प्रतिपक्षीको भुमिकामा रहँदै सरकारले गर्ने कामको आधारमा सरकारका समर्थन र विरोध गर्छौ ।” सरकार बनाउने र भत्काउने खेलमा लाग्दा मुलुकमा राजनितिक अस्थिरता निम्तिने भन्दै अहिले अर्थतन्त्रमा देखिएको समस्या समधानको लागी सबै राजनैतिक दलहरुबीच सहकार्य आवश्यक रहेको बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको