Like us!
Follow us!
Connect us!
Watch us!

बढ्दो आर्थिक सङ्कटका मुद्दालाई सरकारले ल्याएको नीति कार्यक्रमले छुन सकेको छैनः शङ्कर पोखरेल

अर्थ संसार

आइतबार, ०७ जेठ २०८०, १३ : १५ मा प्रकाशित

बढ्दो आर्थिक सङ्कटका मुद्दालाई सरकारले ल्याएको नीति कार्यक्रमले छुन सकेको छैनः शङ्कर पोखरेल

नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले बढ्दो आर्थिक सङ्कटका मुद्दालाई सरकारले ल्याएको नीति कार्यक्रमले छुन नसकेको बताएका छन् । प्रेस चौतारी दाङले आज घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले सरकारको नीति तथा कार्यक्रमले राष्ट्रिय समस्या सम्बोधन गर्न नसकेको आरोप लगाएका हुन्। 

उनले भने, “सरकारले ल्याएको नीति तथा कार्यक्रममा सामाजिक, सांस्कृतिक र आर्थिक विषय ओझेलमा पारेको छ । बढ्दो आर्थिक सङ्कट, सांस्कृतिक हस्तक्षेप र सामाजिक विचलनका मुद्दालाई सरकारले ल्याएको नीति कार्यक्रमले छुन सकेको छैन ।” 

राजनीतिक अस्थिरता र सामाजिक अराजकतामाथि विजय हासिल गर्नेगरी कार्यक्रम आउनुपर्ने उनको भनाइ छ । “मुलुकमा आर्थिक मन्दीको अवस्था छ  । व्यवसाय ठप्प छ । वित्तीय सङ्कट छ । नीति तथा कार्यक्रमले आशा जगाउन सकेन”, महासचिव पोखरेलले भने। मुलुकमा बलियो राष्ट्रिय शक्ति निर्माण गर्न राजनीतिक धुव्रीकरण आवश्यक भएको उनको भनाइ छ । 

देश चलाउन सक्षम नेतृत्व चाहिने बताए । चर्चाले मात्र मुलुक नबन्ने उल्लेख गर्दै उहाँले यसका लागि राजनीतिक विचार र नेतृत्व चाहिने बताए।-Photo Source: RSS

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको