Like us!
Follow us!
Connect us!
Watch us!

ऋण लिनै हुँदैन भन्ने चिन्तन विकास विरोधी हो : शंकर पोखरेल

अर्थ संसार

विहीबार, २४ माघ २०८१, १० : ५८ मा प्रकाशित

ऋण लिनै हुँदैन भन्ने चिन्तन विकास विरोधी हो : शंकर पोखरेल

 नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारी ऋण लिनै हुँदैन भन्ने विकास विरोधी चिन्तन भएको बताएका छन् । 

बिहीबार सामाजिक सञ्जाल फेसबुकमा ‘राज्य र ऋण’का कुरा भन्दै पोखरेलले यस्तो बताएका हुन् ।  उनले नेपाललाई ऋणको पासोमा डुबाएको आरोप लाग्ने गरेको समेत स्मरण गराएका छन् । 

पोखरेलले अमेरिका कुल गार्हस्थ्य उत्पादनको १२५ प्रतिशत माथिको सरकारी ऋण भएको मुलुकमा पर्ने पनि जनाएका छन् । 

उनले भने,‘ऋण नै लिनु हुँदैन भन्नु नेपाललाई सदैव पछि धकेल्ने कोसिस हो । यो प्रकारको चिन्तन विकास विरोधी हो । अझ आफूलाई विकासको हिमायती र योजनाकारका रूपमा चित्रण गर्नेहरूले नै ऋणको त्रास सिर्जना गर्नु त झनै उदेक लाग्दो कुरा हो’,। 

‘जापानमा सरकारी ऋण कुल गार्हस्थ्य उत्पादनको २३६ प्रतिशत भन्दा माथि छ । जबकि नेपालमा सरकारी ऋण कुल गार्हस्थ्य उत्पादनको ४० प्रतिशतको हाराहारीमा मात्र छ । तर नेपाल ऋणमा डुब्यो । केपी ओलीले मुलुकलाई ऋणको पासोमा डुबाए भनेर हल्ला गरिँदै छ’,। 

पोखरेलले नेपाल दक्षिण एसियामै कम सरकारी ऋण भएको मुलुक परेको बताएका छन् । 

 

67a4465f38d93.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको