Like us!
Follow us!
Connect us!
Watch us!

मकर जितुमाया सुरी हाईड्रोपावरको सेयर बाँडफाँड

अर्थ संसार

विहीबार, ०९ चैत्र २०७९, १५ : ५७ मा प्रकाशित

मकर जितुमाया सुरी हाईड्रोपावरको सेयर बाँडफाँड

मकर जितुमाया सुरी हाईड्रोपावर लिमिटेडले स्थानियवासी तथा वैदेशिक रोजगारीमा गएका ब्यक्तिहरुलाई निष्काशन गरेको आईपीओ बाँडफाँड गरेको छ । हाईड्रोपावरले चैत्र ९ गते बिक्री प्रबन्धकको कार्यालय कमलादीमा आइपीओ बाँडफाँड गरेको हो ।

कम्पनीले दोलखा जिल्लाको गौरीशंकर गाँउपालिका र बिगु गाँउपालिकाका स्थाई बसोबास गर्ने व्यक्तिहरुको लागि निष्काशन गरेको ७ लाख ६० हजार कित्ता सेयर र विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुको लागि निष्काशन गरिएको १ लाख ५२ हजार कित्ता सेयर आज बाँडफाँड गरेको हो ।

बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार स्थानियबासी दोलखा जिल्लाको गौरीशंकर गाँउपालिका र बिगु गाँउपालिकाका स्थाई बसोबास गर्ने स्थानियबासीको हकमा १० कित्ता देखि ९,९९० कित्ता सम्म आबेदन दिने आवेदकहरुलाई माग बमोजिम, ३,५१४ आवेदकहरुलार्ई जम्मा ६,७८,६०० कित्ता सेयर बाँडफाँड गरिएको छ । 

त्यस्तै विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुको हकमा १० कित्ता देखि २,०१० कित्ता सम्म आबेदन दिने १५,०४१ आवेदकहरुलाई १० कित्ता, र २० कित्ता देखि २,०१० कित्ता सम्म आवेदन दिने १२,११७ जना मध्ये गोलाप्रथाबाट १५९ जनालाई थप १० कित्ता गरी जम्मा १,५२,००० कित्ता सेयर बाँडफाँड गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको