मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । आज (बुधबार) बिक्री प्रबन्धकको कार्यालय प्रभु क्यापिटल कमलादीमा बाँडफाँड भएको हो ।
कम्पनीको आईपीओ १ लाख ३३ हजार ७३० जना आवेदकलले १० कित्ताका दरले सेयर पाएका छन् भने जसमा भाग्यमानी दुई जनाले थप एक एक कित्ता सेयर पाएका हुन । कम्पनीको आईपीओमा १२ लाख ८१ हजार ४०२ जना योग्य आवेदकले १ करोड ३८ लाख ३३ हजार ११० कित्ताका लागि आवेदन दिएका थिए ।
कम्पनीले चैत १९ गते देखि २२ गते सम्म १३ लाख ३७ हजार ३०२ कित्ता सेयर सर्वसाधारणको लागि निष्कासन गरेको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस