Like us!
Follow us!
Connect us!
Watch us!

मकर जितुमाया सुरी हाइड्रोपावरले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्देै

अर्थ संसार

आइतबार, १२ चैत्र २०७९, ११ : ४१ मा प्रकाशित

मकर जितुमाया सुरी हाइड्रोपावरले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्देै

मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले चैत १९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । हाइड्रोपावरले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ निष्कासन तथा बाँडफाँड गरी दोस्रो चरणमा सर्वसाधारणमा आईपीओ निष्कासन गर्न लागेको हो । 

स्थानीयमा हाइड्रोपावरले ७ लाख ६० हजार कित्ता सेयर छुट्याएको थियो । स्थानीयमा वितरण हुन नसकेको ८१ हजार ४०० कित्ता सेयर समेत सर्वसाधारणमा जारी हुन लागेको हो ।  हाइड्रोपावरले जारी पूँजी रू ७६ करोडको ३० प्रतिशत अर्थात रू २२ करोड ८० लाख बराबरको सेयर स्थानीयमा समेत सर्वसाधारणका लागि विक्री गर्न अनुमति पाएको थियो ।

दोस्रो चरणमा बिक्री गर्न लागिएको कुल कित्ता सेयरमध्ये ८० हजार ७० कित्ता सेयर सामूहिक लगानी कोषहरुका लागि र ३२ हजार २८ कित्ता सेयर कर्मचारीहरुका लागि सुरक्षित गरि बाँकी १३ लाख ३७ हजार ३०२ कित्ता सेयर सार्वजनिक निष्कासनमा ल्याउन लागिएको हो । 

उक्त आईपीओ छिटोमा बिक्री अवधि चैत २२ गते र ढिलोमा आगामी वैशाख ३ गतेसम्मका लागि तय गरिएको छ । तर, छिटो अवधिसम्म मात्र कम्पनीको आईपीओ बिक्री खुला हुनेछ ।  हाइड्रोपावरको आईपीओ खरीदका लागि न्यूनतम १० कित्ता देखि अधिकतम १० हजार कित्तासम्म माग गर्न सकिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको