Like us!
Follow us!
Connect us!
Watch us!

मकर जितुमाया सुरी हाइड्रोपावरको आईपीओ खरीद गर्ने आज अन्तिम दिन

अर्थ संसार

बुधबार, २२ चैत्र २०७९, १० : ३८ मा प्रकाशित

मकर जितुमाया सुरी हाइड्रोपावरको आईपीओ खरीद गर्ने आज अन्तिम दिन

मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले चैत १९ गतेदेखि बिक्रीमा ल्याएको आईपीओ खरीद गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारमा आईपीओ बाँडफाँड गरी सर्वसाधारणमा आईपीओ जारी गरेको हो । 

कम्पनीले आयोजना प्रभावित स्थानीयमा ६ लाख ७८ हजार ६०० कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीमा १ लाख ५२ हजार कित्ता सेयर बाँडफाँड गरेको हो । स्थानीयमा कम्पनीले ७ लाख ६० हजार कित्ता सेयर छुट्याएको थियो । स्थानीयमा वितरण हुन नसकेको ८१ हजार ४०० कित्ता सेयरसमेत सर्वसाधारणमा जारी गरेको हो ।

कम्पनीले जारी पूँजी ७६ करोडको ३० प्रतिशत अर्थात् २२ लाख ८० हजार कित्ता सेयर स्थानीयसमेत सर्वसाधारणका लागि बिक्री गर्न अनुमति पाएको थियो । दोस्रो चरणमा विक्री गर्न लागिएको कुल कित्ता सेयरमध्ये ८० हजार ७० कित्ता सेयर सामूहिक लगानी कोषहरूका लागि र ३२ हजार २८ कित्ता सेयर कर्मचारीहरूका लागि सुरक्षित गरी बाँकी १३ लाख ३७ हजार ३०२ कित्ता शेयर सार्वजनिक निष्कासनमा आएको हो । कम्पनीको आईपीओ खरीदका लागि न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । 

आईपीओ निष्कासनको लागि गराएको रेटिङमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्ने केयर एनपी डबल बी इस्युअर रेटिङ प्रदान गरेको छ । केयर रेटिङ्ग नेपालले केयर एनपी त्रिपल ए इस्यूअर देखि केयर एनपी डी इस्यूअर सम्मको रेटिङ् प्रदान गर्ने गर्दछ । जसमा केयर एनपी त्रिपल ए इस्यूअर रेटिङ्गले बलियो आधारको संकेत गर्दछ भने केयर एनपी डी इस्यूअर रेटिङ्गले कमजोर आधारको संकेत गर्दछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको