Like us!
Follow us!
Connect us!
Watch us!

२५.२६ प्रतिशत लाभांश प्रदान गर्ने निर्णयसहित छिमेक लघुवित्तको वार्षिक साधारण सभा सम्पन्न

अर्थ संसार

शुक्रबार, १० चैत्र २०७९, १६ : २८ मा प्रकाशित

२५.२६ प्रतिशत लाभांश प्रदान गर्ने निर्णयसहित छिमेक लघुवित्तको वार्षिक साधारण सभा सम्पन्न

छिमेक लघुवित्त वित्तीय संस्था लमिटेडको २१औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।  सभा हेटौंडाको होटल सामना प्रा. लिमिटेडमा आज शुक्रवार वित्तीय संस्थाका अध्यक्ष रामचन्द्र जोशी अध्यक्षतामा सम्पन्न भएको हो। 

सो सभामा वित्तीय संस्थाका अध्यक्षबाट संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत भएको थियो । २०५८ सालमा स्थापना भएको यस संस्थाले आर्थिक वर्ष २०७८/७९ मा ९४ करोड ७२ लाख २२ हजार ७३ रुपैंया ६४ पैसा खुद मुनाफा आर्जन गर्न सफल भएको छ । सेयरधनीहरुलाई आ.व. २०७८/७९ को मुनाफावाट ३.२६ प्रतिशत नगद लाभांश र २२ प्रतिशत बोनस सेयर गरि कुल २५.२६ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय यस साधारण सभाले गरेको छ । 

त्यसैगरी यस वित्तीय संस्थाको अधिकृत पूँजी रु २ अर्ब ५० करोडबाट बृद्धि गरि ३ अर्ब ७५ करोड पुऱ्याउने निर्णय समेत यस साधारण सभाले गरेको छ । यस अवसरमा यस वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत चोलराज शर्मा, जोशीले यस संस्थाको वर्तमान अवस्था तथा भावी योजनाको बारेमा मन्तब्य राखेका थिए। 

साथै ग्रामिण क्षेत्रमा पिछडिएका तथा विपन्न वर्गका महिलाको आर्थिक एवं सामाजिक विकासमा निरन्तर समर्पित भई यस वित्तीय संस्थामा अनवरत रुपमा १६ बर्ष भन्दा बढी सेवा गरेका कर्मचारीहरुलाई यस वित्तीय संस्थाको उन्नति प्रगतीमा पुयाएको महत्वपूर्ण योगदानको उच्च सम्मान गर्दै २१औं वार्षिक साधारण सभाको सो अवसरमा कदर पत्र समेत प्रदान गरीएको थियो । 

काठमाडौंको मध्यवानेश्वरमा केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको यस वित्तीय संस्थाले हाल सम्ममा ६९ जिल्लामा १९५ वटा शाखा मार्फत कुल ४ लाख २७ हजार १ सय ७३ जना महिला सदस्यहरुलाई लघुवित्त कार्यक्रम मार्फत सेवा दिइरहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको