Like us!
Follow us!
Connect us!
Watch us!

छिमेक लघुवित्तद्वारा नगद लाभांश वितरण

अर्थ संसार

मंगलबार, १४ चैत्र २०७९, १२ : ५९ मा प्रकाशित

छिमेक लघुवित्तद्वारा नगद लाभांश वितरण

छिमेक लघुवित्त वित्तीय संस्थाले यस वर्षको नगद लाभांश वितरण गरेको छ । कम्पनीले २१औं वार्षिक साधारण सभाबाट लाभांश वितरण गर्ने पारित गरेको आधारमा नगद लाभांश वितरण गरेको हो ।

कम्पनीले गत आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा करसमेत ३ दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव चैत १० गते सम्पन्न २१औं वार्षिक साधारण सभाबाट पारित गरेको थियो । उक्त नगद लाभांश चैत १४ गतेदेखि सम्बन्धित सेयरधनीहरुको हितग्राही खातामा नगद लाभांश जम्मा गर्न शुरु गरेको जनाएको छ ।

कम्पनीले हाल कायम चुक्तापूँजी २ अर्ब ३२ करोड ४१ लाख रुपैयाँको आधारमा नगद लाभांशसँगै २२ प्रतिशत बोनस सेयर समेत वितरण गर्ने प्रस्ताव सोही सभाबाट पारित गरेको छ । बोनस सेयर भने धितोपत्र दोस्रो बजारमा सूचिकृत पछि सम्बन्धित सेयरधनीहको हितग्राही खातामा जम्मा गरिने संस्थाले जनाएको छ । 

सभा प्रयोजनका लागि कम्पनीले फागुन २५ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा फागुन २४ गते सार्वजनिक विदा परी बजार बन्द भएकाले फागुन २३ गतेसम्म कायम सेयरधनीहले मात्र कम्पनीको लाभांश प्राप्त गर्नेछन् ।

फागुन २३ गतेसम्म आफ्नो शेयर धितो राखेर कर्जा सुविधा उपभोग गरेका सदस्यहको हकमा सम्बन्धित संस्थाबाट धितो राखेको शेयरको संख्या समेत खुल्ने गरी नगद लाभांश तथा बोनस शेयर प्रदान गर्नका लागि नो अब्जेक्सन लेटर र सो मितिपछि कर्जा भुक्तानी गरेका सदस्यहले फुकुवा पत्र पेश गरेपछि मात्र नगद लाभांश जम्मा गरिने जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको