Like us!
Follow us!
Connect us!
Watch us!

लाभांश प्रस्तावसहित छिमेक लघुवित्तले डाक्यो साधारण सभा

अर्थ संसार

विहीबार, ०९ चैत्र २०७९, १५ : ०० मा प्रकाशित

लाभांश प्रस्तावसहित छिमेक लघुवित्तले डाक्यो साधारण सभा

छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले २१औं वार्षिक साधारण सभा भोलि शुक्रबार बस्ने भएको छ। संस्थाको साधारण सभा भोलि हेटौंडा–४ मकवानपुर स्थित होटल सामना प्रा.लि.मा बिहान ११ बजे बस्दैछ ।

उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई प्रस्ताव गरेको कायम चुक्तापुँजीको २२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.२६ प्रतिशत नगद लाभांश गरी कुल २५.२६ प्रतिशत लाभांश पारित गर्नेछ ।

उक्त सभामार्फत संस्थाले आफ्नो अधिकृत पुँजी २ अर्ब ५० करोड रुपैयाँबाट बृद्धि गरी ३ अर्ब ७५ करोड रुपैयाँ पुर्याउने भएको छ । यसबाहेक संस्थाले बोनस सेयर जारी गरी वित्तीय संस्थाको जारी तथा चुक्तापुँजी २ अर्ब ८३ करोड ५४ लाख २ हजार रुपैयाँ पुर्याउने सम्बन्धि विशेष प्रस्तावसमेत पारित गर्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको