Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई समुन्नत योजना–१ को सूचीकरण खारेज (पत्रसहित)

अर्थ संसार

आइतबार, १२ चैत्र २०७९, १२ : ४४ मा प्रकाशित

ग्लोबल आइएमई समुन्नत योजना–१ को सूचीकरण खारेज (पत्रसहित)

ग्लोबल आइएमई समुन्नत योजना–१ चैत ११ गतेदेखि परिपक्क भएको छ । योजना परिपक्क भएसँगै खारेजी प्रक्रियामा गएकाले योजनाको धितोपत्र दोस्रो बजारमा सूचीकृत इकाई पनि खारेज भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले चैत १० गते योजनाको इकाई सूचीकरण खारेज गरेको हो ।  

उक्त योजना सञ्चालनका लागि योजना व्यवस्थापक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले २०७२ साल माघ १३ गते नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । उक्त योजना खारेजी प्रक्रियाका लागि चैत ९ गते बिहीवारसम्म कायम इकाई धनीहरूलाई योग्य गराईएको योजना व्यवस्थापकको भनाई छ ।

योजना खारेजी पश्चात्को योजनाअन्तर्गतका सम्पत्तिलाई नगदमा परिणत गरी इकाईधनीहरूलाई उनिहरूको स्वामित्वको आधारमा भुक्तानी दिईने जानकारी योजना व्यवस्थापकले गराएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको