Like us!
Follow us!
Connect us!
Watch us!

१३ प्रतिशत बढी बोनस सेयर दिने गुँरास लाइफ इन्स्योरेन्सको घोषणा

अर्थ संसार

आइतबार, १२ चैत्र २०७९, १२ : ५५ मा प्रकाशित

१३ प्रतिशत बढी बोनस सेयर दिने गुँरास लाइफ इन्स्योरेन्सको घोषणा

गुँरास लाइफ इन्स्योरेन्स कम्पनीले १३ प्रतिशत भन्दाबढी बोनस सेयर दिने घोषणा गरेको छ । कम्पनीको गत बिहिबार बसेको सञ्चालक समितिको बैठकले आथिर्क वर्ष २०७७र७८ को मुनाफाबाट सेयरधनीहरुलाई १३=२७१२७७२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो । 

कम्पनीले हाल कायम रहेको चुक्ता पूँजी २ अर्ब २३ करोड ९३ लाख रुपैयाँ बराबरको २९ करोड ७१ लाख ९३ हजार रुपैयाँ बोनस सेयर दिने भएको हो । उक्त बोनस सेयरमा लाग्ने कर सेयरधनीहरुले नै भुक्तानी गर्नुपर्ने कम्पनीले जनाएको छ ।

प्रस्तावित बोनस नेपाल बीमा प्राधिकरणको स्वीकृति र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीहरुले पाउने कम्पनीले जनाएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको