Like us!
Follow us!
Connect us!
Watch us!

गुराँस लाइफ इन्स्योरेन्स साधारण सभा सम्पन्न, यी प्रस्ताव पारित

अर्थ संसार

बुधबार, ०६ बैशाख २०८०, १३ : ३१ मा प्रकाशित

गुराँस लाइफ इन्स्योरेन्स साधारण सभा सम्पन्न, यी प्रस्ताव पारित

गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वाषिक साधारण सभा सम्पन्न भएको छ । आज (बुधबार) कम्पनीको प्रधान कार्यालय श्रीराज भवन, तिनकुने काठमाडौंमा १३ औं वार्षिक साधारण सभा सम्पन्न भएको हो ।

उक्त सभाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पूँजी २ अर्ब २३ करोड ९३ लाख ७० हजार रुपैयाँको १३.२७ प्रतिशतले हुन आउने २९ करोड ७१ लाख ९३ हजार रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

यस्तै सभाले गुराँस लाइफ, युनियन लाइफ र प्राइम लाइफ इन्स्योरेन्सबीच एक आपसमा गाभ्ने/गाभिने सम्बन्धी प्रस्ताव समेत पारित गरेको छ । तीन कम्पनीबीच एक आपसमा गाभिएपश्चात ‘हिमालयन लाइफ इन्स्योरेन्स’को नामबाट जीवन बीमा व्यवसाय सञ्चालन गर्ने प्रस्ताव पनि पारित गरेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको