Like us!
Follow us!
Connect us!
Watch us!

गुराँस लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक

अर्थ संसार

सोमबार, १३ चैत्र २०७९, ११ : ४९ मा प्रकाशित

गुराँस लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक

गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को बोनसदर घोषणा गरेको हो । 

कम्पनीको आर्थिक वर्ष २०७७/२०७८ को आर्थिक लेखाजोखा र दायित्वको मुल्याङकन सम्बन्धी बीमाङकीय प्रतिवेदन बीमा प्राधिकरणको २०७९ चैत ८ गतेको पत्र मार्फत स्वीकृत भई कम्पनीले बीमितहरुका लागि नयाँ बोनसदर सार्वजनिक गरेको हो ।

सार्वजनिक बोनसदर अनुसार कम्पनीले न्युनतम प्रतिहजार २० रुपैयाँदेखि ७६ रुपैयाँसम्मको बोनसदर निर्धारण गरेको छ । कम्पनीले सातवटा बीमालेख अन्तर्गत विभिन्न अवधिहरुको लागि न्युनतम २० रुपैयाँदेखि ७६ रुपैयाँसम्म ब्याजदर निर्धारण गरेको हो ।

जसमा कम्पनीले सावधिक जीवन बीमालेखअन्तर्गत न्युनतम ३८ रुपैयाँदेखि ७६ रुपैयाँसम्म बोनसदर कामय गरेको छ । कम्पनीको सावधिक जीवन बीमालेखमा ९ वर्ष अवधिको लागि ३८ रुपैयाँ, १० देखि १४ वर्ष अवधिसम्मको लागि प्रतिहजार ४१ रुपैयाँ बोनसदर निर्धारण गरेको छ । 

१५ देखि १९ वर्ष अवधिको लागि ४२ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि प्रति हजार ४९ रुपैयाँ, बोनसदर कायम भएको छ भने यसै पोलिसीको २५ वर्ष वा सो भन्दा बढि अवधिको लागि प्रतिहजार ७६ रुपैयाँ कायम भएको छ । कम्पनीले १५ देखि १९ वर्ष अवधिको १७ हजार ४ सय ४० वटा बीमालेख बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ४२ रुपैयाँ बोनस प्राप्त गर्ने छन् ।

त्यस्तै, गुराँस बाल सुरक्षा र गुराँस नौलो बालसुरक्षा सावाधिक जीवन बीमा योजनाअन्तर्गत कम्पनीले न्यूनतम ३८ रुपैयाँदेखि ७६ रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ । जसमा ९ वर्ष अवधिको लागि ३८ रुपैयाँ, १० देखि १४ वर्ष अवधिसम्मको लागि प्रति हजार ४१ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिसम्मको लागि ४२ रुपैयाँ, २० देखि २४ वर्ष अवधिसम्मको लागि ४९ रुपैयाँ र २५ वर्षभन्दा माथि अवधिका लागि प्रति हजार ७६ रुपैयाँसम्म बोनसदर कायम गरेको छ । 

कम्पनीले १५ देखि १९ वर्ष अवधिको २४ हजार २ सय ८५ वटा बीमालेख बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ४२ रुपैयाँ बोनस प्राप्त गर्ने छन् ।

साथै सावधिक तथा आजीवन बीमालेख अन्तर्गत कम्पनीले प्रतिहजार न्यूतम ४० रुपैयाँदेखि ७५ रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ । जसमा कम्पनीले ९ वर्ष अवधिको लागि ४० रुपैयाँ, १० देखि १४ वर्ष अवधिको लागि प्रति हजार ४० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि प्रति हजार ४५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि प्रति हजार ५० रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथि अवधिको लागि प्रति हजार ७५ रुपैयाँ बोनसदर कायम गरेको छ । 

कम्पनीले १५ देखि १९ वर्ष अवधिको यस बीमालेख सबैभन्दा धेरै ५ हजार ८ सय ४७ वटा बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ४५ रुपैयाँ बोनश प्राप्त गर्ने छन् ।

यता गुराँस लाइफले अग्रिम भुक्तानी सावधिक बीमालेखको हकमा न्यूनतम ३६ रुपैयाँदेखि ४८ रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ । जसमा कम्पनीले कम्पनीले १४ वर्ष अवधिको लागि प्रति हजार ३६ रुपैयाँ बोनसदर कायम गरेको छ । 

१५ देखि १९ वर्ष अवधिको लागि प्रति हजार ४२ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि प्रति हजार ४८ रुपैयाँ र कम्पनीले २५ वर्ष वा सोभन्दा माथि अवधिको लागि प्रति हजार कुनै पनि रुपैयाँ बोनसदर कायम गरेको छैन् । कम्पनीले १५ देखि १९ वर्ष अवधिको यस बीमालेख ४ हजार ६८९ वटा बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ४२ रुपैयाँ बोनश प्राप्त गर्ने छन् ।

साथै बार्षिक नगद फिर्ता योजना यस योजनामा कम्पनीले १४ वर्ष अवधिको लागि ३४ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि४३ रुपैयाँ बोनसदर कायम गरेको छ । यस अवधिको २० देखि २४ वर्ष अवधिको योजना बढी विक्री भएको पाइन्छ । यस योजना ६ हजार ९ सय ८८ वटा विक्री भएको छ । यस पोलिसीमा बीमितहरुले ४३ रुपैयाँ बोनस पाउनेछन् ।

त्यस्तै, गुराँस सुरक्षित भविष्य जीवन बीमाअन्तर्गत कम्पनीले न्यूनतमा २० रुपैयाँदेखि अधिकतम ३७ रुपैयाँसम्म बोनसदर कायम गरेको छ । जसअन्तर्गत कम्पनीले १४ वर्ष अवधिको लागि प्रति हजार २० रुपैयाँ बोनसदर कायम गरेको छ । १५ देखि १९ वर्ष अवधिको लागि प्रति हजार २५ रुपैयाँ, २० वर्षदेखि २४ वर्ष अवधिको लागि प्रति हजार ३१ रुपैयाँ र २५ वर्ष वा सो भन्दा बढी अवधिको लागि प्रति हजार ३७ रुपैयाँ बोनसर कायम गरेको छ । कम्पनीले १५ देखि १९ वर्ष अवधिको यस बीमालेख ३ सय ३४ वटा बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार २५ रुपैयाँ बोनश प्राप्त गर्ने छन् ।

३० वर्षै जीवन रक्षक (सिमित भुक्तानी)गुराँस सावधिक लघु जीवन बीमा र गुराँस कर्पोरेट जीवन बीमा योजना अन्तर्गत कम्पनीले न्यूनतम ३५ रुपैयाँदेखि ७० रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ । 

जसअन्तर्गत कम्पनीले १४ वर्ष अवधिको लागि ३५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि ३७ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि ४५ रुपैयाँ र २५ वर्षभन्दा माथि अवधिको लागि ७० रुपैयाँ बोनसदर कायम गरेको छ । यस बीमा योजनामा सबैभन्दा धेरै १५ देखि १९ वर्षको योजना विक्री भएको छ । कम्पनीको यस योजना १७४ वटा विक्री भएको छ । जसमा बीमितहरुले ३७ रुपैयाँ बोनस पाउनेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको