Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से अब उकालोतिर, लयमा फर्कने संकेत

आइतबार, २८ कार्तिक २०७३, १५ : ५७ मा प्रकाशित

नेप्से अब उकालोतिर, लयमा फर्कने संकेत


अर्थ संसार 
काठमाडौं–नेपाल स्टक एक्स्चेन्ज ९नेप्से० परिसूचकले साताको पहिलो दिन अब उकालो लाग्ने संकेत दिएको छ । लगातार घटिरहेको नेप्से बिहीबारदेखि हरियो हुन थालेको हो । आइतबार २।८३ अंकले बढेर १७०० अंकमा आइपुगेको छ । 

आइतबार वित्तीय क्षेत्रकापरिसूचक सबै हरिाय भए । यस दिन वाणिज्य बैंक समूह २।७ अंक, विकास बैंक १, फाइनान्स सवा तीन, बिमा ३९ र उत्पादन तथा अन्य आधा अंकले बढेका छन् । बढेको दिनमा पनि 
होटल १३ र विद्युत ५ अंकले घटेका छन्।

आइतबार १ सय ३७ कम्पनीका ७३ करो ८२ लाख रुपैयाँको सेयर किनबेच भएको छ। आकर्षक लाभांश आउने हल्लाले एभरेष्ट बैंकको कारोबार सबैभन्दा बढी भएको छ । यस दिन एचरेस्टको मात्रै २० करोड ४३ लाख रुपैयाँको सेयर किनबेच भएको छ। यसपछि सिभिल बैंकको चार करोड चार लाख रुपैयाँको किनबेच भएको छ।

आइतबार सबैभन्दा वढि एनबी इन्स्योरेन्सको साढे पाँच प्रतिशतले सेयर मूल्य वढेको छ। 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको